दशैंमा स्वादिलो ‘चिकेन क्रिस्पी’ बनाउने तरिका यस्तो छ !

दशैंमा खसीको मासु खाने प्रचलन रहेपनि कतिपयलाई मन पर्दैन । खसीको मासु मन नपर्ने खान नहुनेको रोजाइमा माछा वा कुखुराको मासु पर्न सक्छ ।

घरमा कुखुराको मासु ल्याए पनि विभिन्न परिकार बनाएर खानको लागि भने सिपको जरुरत पर्दछ। कुखुराको मासु मन पराउनेहरुका लागि ‘क्रिस्पी चिकेन’ स्वादिलो परिकार बन्न सक्छ।

मुख्य सामाग्री

४ चम्चा तेल
४ चम्चा गहुँको पिठो
२० मिली दूध
१ सय १५ ग्राम पाकेको चिकन
५५ ग्राम ह्वाइट ब्रेड
केही मात्रा काटेको हरियो धनिया

अब सबै सामाग्री तयार भएपछि ‘प्यान’मा तेल राखेर मन्द आगोमा तताउनुहोस् । तेल तातेपछि केही मात्रामा पिठो राखेर राम्रोसँग चलाउनुहोस् । एक मिनेटसम्म पकाएपछि प्यान निकालेर दुध मिसार्इ फेरि चलाउनुहोस्।

उक्त मिश्रणलाई राम्रोसँग चलाउँदै मन्द आगोमा पकाएर निकालेपछि त्यसमा पाकेको चिकेन राखेर राम्रोसँग मोल्नुपर्छ । यसपछि नुन, धनियाँ र मरिचको धुलो राख्नुहोस् र चिसो हुन दिनुहोस् । चिकन क्रिस्पी तयार भयो ।

एउटा भाडामा अण्डा राख्नुहोस्, तर यो फुटाएको अण्डा राम्रोसँग हल्लाउनुहोस्। यसमा अब ह्वाइट ब्रेड राख्नुहोस् र सबैतिर अन्डा लागीसकेपछि प्यानमा तेल राखेर पकाउनुहोस्। यसलाई ५ देखि १० मिनेट सम्म पकाउनु पर्दछ।

यसरी तयार भएको ब्रेडलाई चिकेन क्रिस्पीसँग मिसाएर खाँदा झनै स्वादिष्ट हुनसक्छ।

(सन् १९९३ बाट होटल क्षेत्रमा प्रवेश गरी अन्तर्राष्ट्रिय होटलहरुमा कुकको अनुभव संगालेका बिक्रम श्रेष्ठको सहयोगमा)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!