पार्टी एकतापछि देशमा ऐतिहासिक काम भएका छन्- प्रचण्ड

ललितपुर, असोज २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

 

 

नेकपा ललितपुरले दसैं, तिहार तथा छठका उपलक्ष्यमा शुभकामना दिन शुक्रबारललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले दुई पार्टीबीच एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएको चर्चा गरे।

 

 

उनले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटकपटक समीक्षा भएको जानकारी दिए । अर्को प्रसङ्गमा काठमाडौंको सबै बाटा केही महीनामा कालोपत्रे भइसक्ने र यसका लागि सरकार लागि रहेको उनले उल्लेख गरे ।

 

 

अध्यक्ष प्रचण्डले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि थलोमा गएर काम गर्ने समझदारी भएको बताए ।

 

 

नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले नेपालको विकासका लागि कम्युनिस्ट पार्टी सफल हुनुपर्ने धारणा राखिन् । नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यन्जनकारले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले सजग हुनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!