नेता पौडेलको आरोप- ओली सरकारले जनताको पक्षमा काम गर्न सकेन

नवलपरासी, असोज २६ । नेपाली कांग्रेसकाका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश स्थीरतामा प्रवेश गरेको बताउँदै सरकारले जनताको पक्षको काम गर्न नसकेको आरोप लगाएका छन् ।

 

 

नेपाल प्रेस युनियन नवलपुर शाखाले शुक्रबार पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो आारोप लगाएका हुन् । साथै, उनले सरकारले जनभावनाअनुसार काम गर्नुपर्ने बताए ।

 

अहिले पनि नेपालका केही दुर्गम क्षेत्रका बासिन्दा बाटो घाटोको असुविधाका कारण आधारभूत आवश्यकताबाट वञ्चित भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीय हुनुपर्ने नेता पौडेलको भनाइ थियो । सरकारले स्थानीय तहलाई थप व्यवस्थापन गर्न आवश्यक रहेको जिकिर गर्दै नेता पौडेलले स्थानीय निकायले उठाउने करलाई व्यवस्थित गर्नुपर्ने बताए । -रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  देउवाद्वारा वारेसनामामार्फत संसदीय दलको नेतामा उम्मेदवारी
%d bloggers like this: