मोबाइल चार्ज गर्दा यस्ता कुरामा ध्यान दिनुहोस्

काठमाडौं । अहिले लोडसेडिङ छैन । त्यसैले मोबाइल राम्रोसँग चार्ज गर्नुपर्छ । सामान्यतया तीन घन्टा मोबाइल चार्ज गर्दा हुन्छ ।

 

लोडसेडिङ हुनेताका पावर बैंकबाट बढी मोबाइल चार्ज गर्ने प्रचलन थियो । यसो गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना हुन्छ ।

 

जहिले पनि चार्जका लागि मोबाइल खरिद गर्दा लिएको चार्जर नै प्रयोग गर्नुपर्छ । या भनौँ उही कम्पनीको चार्जर प्रयोग गर्दा मोबाइल लामो समयसम्म टिक्छ ।

 

मोबाइल खरिद गरेको एक वर्षसम्म कम्पनीकै अथोराइज हुन्छ । या भनौँ ब्याट्री र चार्जरको वारेन्टी नै हुन्छ । बरु मोबाइललाई पानीबाट भने जोगाउनुपर्छ । पानीबाट नजोगिँदा ब्याट्री मात्र होइन, मोबाइल नै बिग्रने डर हुन्छ । -नवीन तुलाधर, ताम्राकार कम्प्लेक्स

कमेन्ट गर्नुहोस्

error: Content is protected !!