झन शक्तिशाली बन्दै प्रचण्ड, भन्छन– बाँकी जीवन समृद्ध नेपालका लागि

एभरेष्ट टिप्पणी । वर्ष २०७५ को आगमन हुँदै थियो । यता राष्ट्रिय राजनीति भने निकै संशयपूर्ण अवस्थामा देखिन्थ्यो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि त्यसले झण्डै दुई तिहाई मत ल्याएको उत्साह भएपनि पार्टी एकतामा देखिएका गतिरोधहरुले एकता के हुने हो ? कसो हुने हो भन्ने अवस्था विद्यमान थियो ।

पूर्व माओवादी केन्द्रले यो एकता पचाउन सकिरहेको थिएन । नेतृत्व तहमा एकताको महत्वबोध भएपनि फरक वैचारिक धारसँगको एकीकरण कार्यकर्ताले पटक्कै रुचाएका थिएनन् ।

झन त्यसमा एमाले तप्काबाट एकपछि अर्को अडान राखिन थालेपछि ‘यो त पुरै समर्पण पो हो कि ?’ भन्ने आभास माओवादी वृत्तमा व्यापक थियो ।
लाग्थ्यो, यसरी एकता हुँदा त माओवादी त विलय पो हुन्छ ।

र, घटनाक्रम त्यसरी नै अघि बढिरहेका थिए ।

वैशाख ३ गते ।

नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका लागि हुँदै गरेको बार्गेनिङको समयमा हामीले अध्यक्ष प्रचण्डको अन्तर्वार्ता लिने क्रममा एउटा अलि कडा प्रश्न गर्यौं– कतिपयले त प्रचण्ड युगको समाप्ती पो भनिरहेका छन् त ? के प्रचण्ड युग सकिएकै हो ?

अध्यक्ष प्रचण्डले सहज उत्तर दिए– “मेरो युग सकिने कल्पना त म मरेपछि मात्रै सम्भव छ ।” र, पुरक जवाफ जोडे उनले, “मेरो युगको अर्थ माओवादी दर्शन र विचारले ल्याउन खोजेको समाजको युग हो । यसको नेतृत्व मैले गरेको छु ।”

सँगै प्रचण्डले भने, “हामी सम्मानसहितको एकताको पक्षमा छौं, विचार र नेतृत्वको अस्तित्व मर्दन हुने र समर्पण गर्ने किसिमले एकता हुन्न ।”
यो निर्णायक अभिव्यक्ति बन्यो एकता प्रक्रियामा ।

र, केही समयपछि नै एकता भयो ।

एकथरिले फेरी पनि भने, ‘यो एकता विलय हो, समर्पण हो ।’

राजनीतिमा नेतृत्वले दूरदृष्टि राखेको हुन्छ । बाहिरबाट झट्ट हेर्दा त्यो अरुचिकर हुन्छ, अप्रिय हुन्छ । तत्कालको संवेदनाका आधारमा त्यसलाई ग्रहण गर्न अप्ठ्यारो पर्छ । तर नेतृत्वले भने बस्तुगत आधारहरुको आँकलन गरेर एउटा निर्णय गरेको हुन्छ ।

प्रचण्डले बारम्बार एकताको महत्वबारे नेता, कार्यकर्तादेखि आम जनतामा स्पष्ट पार्दै आए, ‘यो एकता त्यसै लहडमा गरिएको होइन, यो नेपाली समाज एउटा निर्णायक बिन्दुमा पुगेको बेला ऐतिहासिक आवश्यकता बोध गरेर गरिएको एकता हो ।’

सम्बन्धित् समाचार  पार्टी एकताका पक्षमा दृढताका साथ उभिन विद्यार्थीलाई प्रचण्डको निर्देशन

कतिले पत्याएनन् । कतिले अलि बुझे जस्तो गरे । कति निराश भए । कतिले समर्थन गरे ।

तर नेतृत्व तहमा एकता भएको यो समय हेर्दा तीनवटा कुरा स्पष्ट देखिए ।

पहिलोः यो एकता अनिवार्य रहेछ, दुई भिन्न विचारबाट हुर्किएका वामपन्थी पार्टीहरु भएपनि नयाँ संविधानको कार्यान्वयनका लागि दुबै पार्टी एक नभएको भए एउटा गम्भीर अस्थिरताको चपेटामा देश जान सक्थ्यो ।

दोश्रोः एकताले पूर्व माओवादी केन्द्र विलय भएको आभास दिएन । बरु यसले पूर्व माओवादी केन्द्रभित्र हराउँदै गएको सामूहिक पहिचान, वैचारिक अस्तित्वबोधलाई झन दरिलो बनायो ।

र, तेश्रोः यो एकताले प्रचण्डको भूमिका झनै निर्णायक बनायो । उनी शक्तिशाली थिए, छन र उनको आवश्यकता अबको समयमा झनै छ भन्ने कुरा पुष्टि गर्यो ।

राजनीतिमा नेतृत्वले दूरदृष्टि राखेको हुन्छ । बाहिरबाट झट्ट हेर्दा त्यो अरुचिकर हुन्छ, अप्रिय हुन्छ । तत्कालको संवेदनाका आधारमा त्यसलाई ग्रहण गर्न अप्ठ्यारो पर्छ । तर नेतृत्वले भने बस्तुगत आधारहरुको आँकलन गरेर एउटा निर्णय गरेको हुन्छ । त्यो निर्णय कार्यान्वयनको चरणमा जाँदै गएपछि बल्ल त्यसको महत्व थाहा हुन्छ ।

कसैले स्वीकार गरे पनि या नगरेपनि उपरी संरचनामा यो अभूतपूर्व परिवर्तन हो । र, यसको पछाडि प्रचण्ड नेतृत्वले मुख्य उत्प्रेरक या ड्राइभिङ फोर्सको भूमिका निर्वाह गरेकामा पनि दुईमत छैन ।

नेकपा एमालेसँग एकताका बारेमा पनि यो कुरा सत्य साबित भएको देखिन्छ ।

त्यतिबेला किन एकता ? के फाइदा हुन्छ यसले ? यसले त विलय या समर्पण पो हुन्छ भन्ने मतहरु अहिले आएर एकता र एकतापछि प्रचण्डको भूमिकामा देखिएको परिवर्तन देखेपछि स्वतः लोप हुन पुगेका छन् ।

राष्ट्रिय राजनीतिमा सन् २०५२ पछिको राजनीति यो वा त्यो रुपमा प्रचण्ड वरिपरि घुमेको देखिन्छ । तत्कालिन समयमा संकटकाल लगाउनु अघि देउबा सरकारले स्थापना गरेका केही आयोगदेखि संसदीय कित्तामा उभिएको शक्तिहरुबीचको संघर्ष चर्किनु, राजा र दलबीचको अन्तविरोध चुलिएर त्यसको परिणति गणतन्त्रको स्थापना हुनु, माओवादीको एजेण्डाको कद पूर्ण उचाईंमा फक्रिन नपाएपनि त्यसले राज्यको पुनःसंरचना गर्नैपर्ने बाध्यता सिर्जना हुनु, अन्तरिम संविधान र नयाँ संविधानमा उपरी संरचनामा निर्णायक परिवर्तन हुनु यसको उदाहरण हुन ।

कसैले स्वीकार गरे पनि या नगरेपनि उपरी संरचनामा यो अभूतपूर्व परिवर्तन हो । र, यसको पछाडि प्रचण्ड नेतृत्वले मुख्य उत्प्रेरक या ड्राइभिङ फोर्सको भूमिका निर्वाह गरेकामा पनि दुईमत छैन ।

सम्बन्धित् समाचार  नेपाली समाज युएईले बिश्वासनीयता गुमायो !

प्रचण्डको अबको बाटो

बिभिन्न समयमा प्रचण्डले व्यक्त गरेका विचारहरु हेर्दा प्रचण्डको अबको लक्ष्य आधार संरचनामा परिवर्तनको हुने देखिन्छ । यो भनेको नेपाली समाजको पीँध परिवर्तन गर्ने लक्ष्य हो । उनले यसलाई समृद्धि र विकास भन्ने गरेका छन् । यद्यपी यो समृद्धि र विकासको स्पष्ट खाका र कार्यनीतिक चरणका बारेमा भने खासै बहस हुन सकेको छैन ।

रुखको बोट रोप्ने बित्तिकै त्यसले फल दिँदैन । बोट हुर्किँदै फूल फुलेर बल्ल फल लाग्छ । प्रकृतिको यो नियम समाज परिवर्तनका हकमा पनि लागु हुन्छ ।

जनयुद्द एउटा निश्चित उद्देश्य राखेर अघि बढेको थियो । त्यसले हासिल गर्न खोजेका कतिपय उपलब्धिहरु अझै पुरा हुन सकेका छैनन् । तर जनयुद्दले नेपाली समाजलाई एउटा निर्णायक परिवर्तनतर्फ जोडले धक्का दिएकोमा कसैको दुईमत हुन सक्दैन । खासगरी जसरी नेपाली समाजको पीँधमा रहेका, किनारामा थन्किएका मुद्दाहरु सतहमा आए र तिनलाई संविधानले लिपिबद्ध गर्न पुग्यो, जनयुद्द सञ्चालन नभएको भए नेपाली समाज यति छिटो यो परिवर्तनको अवस्थामा आउँदैनथ्यो ।

अहिलेको चासो र चिन्ता यो माथि माथि सत्ताको तहमा भएको परिवर्तनले आम पीँधका जनताको जीवनमा कसरी परिवर्तन आउँछ भन्ने हो । राज्यले समाजवादी बाटो लिएको, सबै प्रकारका अधिकारहरु कानुनतः ग्यारेण्टी भएको, केन्द्रको अधिकार विकेन्द्रीत भएर गाउँ गाउँमा पुगेको जस्ता कैयन पक्षहरुको व्यवहारिक प्रतिफल जनताले खोजेका छन् ।

तर रुखको बोट रोप्ने बित्तिकै त्यसले फल दिँदैन । बोट हुर्किँदै फूल फुलेर बल्ल फल लाग्छ । प्रकृतिको यो नियम समाज परिवर्तनका हकमा पनि लागु हुन्छ । आवश्यकता यो बोटलाई रक्षा गरेर सही किसिमको फल लाग्ने वातावरण निर्माणको हो ।

र, प्रचण्डको अबको बाटो, अबको लक्ष्य यही हुने उनले बारम्बार व्यक्त गरेका छन् ।

“मेरो बाँकी जीवन विकास र समृद्धिका पक्षमा ।” अहिले प्रचण्डले यो भन्न खोजेका छन् । र, जनताको अपेक्षा पनि यही नै छ । घुमाउरो बाटो भएपनि अबको बाँकी १० वर्ष प्रचण्डले फेरी २०५२ का पुरा हुन नसकेको एजेण्डाहरुतर्फ फर्किन सके, आम गरीब निमुखा जनताका पक्षमा राज्यसत्तालाई उपयोग गर्न लोककल्याणकारी राज्यको जग बसाल्न सके, सर्वाहारा अधिनायकत्व सम्भव नभएपनि लोककल्याणकारी समाजवादी राज्य निर्माणका लागि योगदान दिन सके उनी पूर्णरुपमा सफल राजनीतिज्ञ हुनेछन् ।

पार्टी एकता तलसम्म टुंगिन सकेपछि पूर्व एमालेभित्रको शक्ति संघर्ष, माओवादी केन्द्रभित्र आफ्ना पूर्व एजेण्डाहरु छोड्न नहुने प्रभावशाली जनमत र प्रचण्ड आफ्नै नेतृत्व क्षमताले उनी झनै शक्तिशाली बन्नेमा दुईमत छैन ।

राज्यले समाजवादोन्मुख बाटो समातेको छ । समाजवादका आ आफ्नै परिभाषा छन् । अहिले संविधानले भनेको समाजवाद नेपाली कांग्रेसले पनि स्वीकार गरेको समाजवाद हो । तर यसको मूल मर्म भनेको उत्पादनको चरित्र परिवर्तन गर्ने हो । नेपाली समाजको पछिल्लो चरित्र विश्लेषण गरेर सोही अनुरुप उत्पादक शक्तिहरुबीचको सम्बन्ध परिवर्तन गर्ने, भूमिको संरचनामा प्रहार गर्ने, उत्पादन र वितरणमा राज्यको नियन्त्रण कायम राख्ने जस्ता कतिपय पक्षहरु यसमा जिम्मेवार हुन्छन् ।

सम्बन्धित् समाचार  एमाले बन्धुहरु, आफ्नै अतीतले गिज्याउँदैन तपाईहरुलाई ?

सरकार अहिले वामपन्थीको छ, र, यसबाट जनता सन्तुष्ट छैनन् । यो नहुनुका पछाडि सरकारसँग एउटा दीर्घकालिन मार्गचित्र र सो अनुरुपको कार्यदिशा नहुनु हो । र, यो पक्षमा पार्टी अध्यक्षका नाताले प्रचण्डको मुख्य भूमिका देखिएको छ । टालटुले सुधारका काममा अल्झिने भन्दा दीर्घकालिनरुपमा नेपाली समाजलाई रुपान्तरण गर्न पार्टीका तर्फबाट दीर्घकालिन मार्गचित्र बनाउने र कम्युनिष्ट पार्टीलाई साँच्चिकै जनताको कम्युनिष्ट पार्टी बनाउने मुख्य ड्राइभर उनी बनेका छन् । पूर्व नेकपा एमालेले रुपान्तरणको यात्रालाई सम्झौता र परिस्थिति अनुरुप ब्याख्या गर्दै आएको सन्दर्भमा एकपछि अर्को धक्का दिँदै अघि बढ्ने प्रचण्डको बानी अहिले सबैभन्दा बढी अपेक्षित छ ।

पार्टी एकता तलसम्म टुंगिन सकेपछि पूर्व एमालेभित्रको शक्ति संघर्ष, माओवादी केन्द्रभित्र आफ्ना पूर्व एजेण्डाहरु छोड्न नहुने प्रभावशाली जनमत र प्रचण्ड आफ्नै नेतृत्व क्षमताले उनी झनै शक्तिशाली बन्नेमा दुईमत छैन । महाधिवेशनसम्म आइपुग्दा सम्म प्रचण्डको सन्तुलनकारी रणनीतिले एउटा नयाँ उचाई लिने देखिन्छ । र, यो शक्ति आर्जनसँगै उनले देशलाई सामाजिक न्यायसहितको समृद्धीको उचाईतर्फ लैजान योगदान गर्न सके उनको बाँकी जीवन विगत झैं शक्तिशाली र निर्णायक राजनीतिज्ञको रुपमा झनै स्थापित हुने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: