यी हुन् दिपावलीमा कर्मचारीलाई ६ सय कार उपहार दिने उद्योगपति !

काठमाडौं, संसारमा उद्योगपतिहरुको संज्ञा मजदूरलाई शोषण गर्ने र नाफा कमाउने व्यापारीका रुपमा गरिन्छ । तर केही उद्योगपति यस्ता पनि छन् जसले कर्मचारीलाई जिब्रो टोक्न बाध्य बनाउने जस्ता सुविधा उपलब्ध गराएका छन् ।

यस्तै एकजना भारतीय व्यापारी अहिले चर्चामा छन् । अहमदाबादका चर्चित उद्योगपति तथा समाजसेवी सब्जीभाई ढोलकियाले आफ्ना कर्मचारीलाई यो वर्षको दिपावलीमा ६ सय कार उपहार दिने घोषणा गरेका छन् ।

सब्जीभाई हिरा व्यापारी हुन ।

श्री हरिकृष्णा एक्सपोर्टका दिव्यांग कर्मचारी र हिरा कागिरहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट कारको चाबी र त्यसका लागि तिर्नुपर्ने रकमका लागि जारी गरिएको एफडी प्रपत्र प्राप्त गर्ने छन् ।

सब्जीभाईले यो पहिलोपटक उपहार दिएका होइनन् । यसअघि पनि उनले कुनै बेला घर, फ्लयाट त कुनै बेला महंगो कारहरु उपहारस्वरुप दिँदै आएका छन् ।

डायमण्ड कम्पनी श्री हरिकृष्णा एक्सपोर्टका मालिक सब्जीभाई ढोलकिया मूलरुपमा रौराष्ट्रको पाटीदार समुदायका हुन । पढाई गर्न नसकेपछि उनी सूरतमा हिरा कारिगरको रुपमा काम गर्न थालेका थिए ।

मजदूरको रुपमा काम शुरु गरेका उनले बिस्तारै आफ्नै कम्पनी खोलेर प्रसिद्ध कमाउन सफल भए ।

सम्बन्धित् समाचार  श्रीमानले सेक्स गर्न नसकेपछि श्रीमतीले दिइन उजुरी

लोयल्टी कार्यक्रम अन्तर्गत सन् २०११ मा उनले आफ्ना मेहनती, कुशल र इमान्दार कारिगरहरुलाई उपहार दिन शुरु गरेका थिए । कम्पनीमा १५ सय कर्मचारी र कारिगर काम गर्छन् । यी मध्ये ६ सय लाई कार र ८ सय लाई बैंक एफडी प्रपत्र दिइनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: