कविताः परदेशीको पिडा

घर परिवारलाई नमस्कार छ भनिदिनु है
कस्तो छ, सानुलाई सोध्यो भनी जीवन
मृत्युसँग लडिरहेको छ भनिदिनु है
केही सपना बोकी आएकी थिएँ परदेशमा
दैवलाई पनि मन परेन’ छ

त्यही सपनालाई साकार पार्छु भन्दै आज
परिस्थिति समयसँग लड्दै छ भनिदिनु है
मेरि बुढी आमाले सोध्लिन कहिले आउछ मेरो सानु भनेर
बाँचेछ भनि जाहाजमा मरेछ बाकसमा
एकदिन फर्किन्छ भनिदिनु है

जिन्दगी भन्नु यस्तै रैछ कहिले हाँसो कहिले आँसु
दैवको खेल रहेछ,
आज बचेको अलिकति खुशीमा पनि
दैवले लुटेर लगेछ भनिदिनु है
बाँचेछ भनी जहाजमा मरेछ भनी बाकसमा
एकदिन फर्किन्छ भनी दिनु है ।

सानु लामा, बर्दिया

कमेन्ट गर्नुहोस्