१२ वर्षकी छात्रा १० कक्षाको परीक्षा दिँदै !

एजेन्सी । भारतको पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले १२ वर्षकी एक छात्रालाई आउने वर्षको १० कक्षाको परीक्षामा सामेल हुन इजाजत दिएको छ । उनलाई बाहीरी विद्यार्थीका हैसियतमा इजाजत दिइएको हो ।

 

सैफा खातुन नाम गरेकी ती केटी अहिलेसम्म विद्यालय गएकी छैनन् । उनले घरमा नै आफ्नो सबै पढाई गरेकी थिइन् । अब उनले आउने वर्ष सीधै बोर्डको परीक्षा दिनेछिन् ।

 

बोर्डका अध्यक्ष कल्याणमय गांगुलीले सैफा खातुन गएको अगस्त महिनामा विद्यालय बाहिरका विद्यार्थीका लागि राखिएको योग्यता परीक्षामा भाग लिएको बताएका छन् । त्यस परीक्षामा उत्तीर्ण भएका कारण उनलाई यो अवसर प्राप्त भएको हो ।

 

गांगुलीका अनुसार १० कक्षाको बोर्ड परीक्षाको दुर्इ दशकको इतिहासमा अभूतपूर्व तथ्य हो । बंगाल बोर्डको यो परीक्षामा सामेल हुन कम्तीमा १४ वर्ष पुगेको हुनुपर्छ तर सैफा भने १२ वर्षकी मात्र छिन् । हावडा जिल्लाकी खातुनले योग्यता परीक्षामा ५२ प्रतिशत अंक ल्याएकी थिइन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पुरानो स्मार्ट फोन बेच्ने सुरमा हुनुहुन्छ ? होश गर्नुस् यस्तो हुन सक्छ...
%d bloggers like this: