OMG: १४ वर्षदेखि छोरी भनेर पाले, जाँच गर्दा छोरा निस्केपछि…

बिहार, संसारमा के के हुन्छ भन्न सकिन्न । अचम्मको छ यो संसार । केही कुरा त पत्यारै नलाग्ने ।

यस्तै एउटा घटना अहिले छिमेकी भारतको बिहार राज्यमा देखिएको छ ।

बिहारको जहानाबाद निवासी सुनिल (नाम परिवर्तन)को परिवारमा १४ वर्ष अघि बच्चा जन्मियो । बच्चाको जननांग छोरीको जस्तो देखिएपछि उनीहरुले त्यही किसिमले लालनपालन गरे । उसको स्तन र पिसाबको बाटो छोरी मान्छेकै जस्तो थियो । परिवारका मानिसले उसको नाम पनि सुमन (परिवर्तित) राखे ।

तर १४ वर्षपछि उसको बानी ब्यहोरा भने केटाहरु जस्तो देखियो । यही शंका हटाउन परिवारले बच्चालाई डाक्टरकोमा लग्दा बल्ल छोरी सम्झेको बच्चा त छोरा भएको थाहा भयो ।
परिवारका मानिसले आइजीआइएमएस अस्पतालमा देखाएपछि चिकित्सकहरुले गहनरुपमा उसको जाँच गरे ।

डाक्टर विनित कुमारका अनुसार, बच्चाको शरीरको जेनेटिक र हर्मोनल जाँच गर्दा ऊ पुरुष भएको पत्ता लागेको हो । जनानांग विकृत भएको कारण ऊ छोरी जस्तो देखिएको उनले बताए ।

कुनै बच्चामा यसप्रकारको विकृत अंग देखिए लुकाउनुको साटो जाँच गराउनुपर्ने उनको भनाई छ ।

सम्बन्धित् समाचार  मोबाइल हुन सक्छ ह्याक, चोरिन सक्छ व्यक्तिगत डेटा, कसरी राख्ने सुरक्षित ?

चिकित्सकहरुको टीमले तीन चरणमा अप्रेसन गरेर अहिले अवस्था सामान्य रहेको जनसत्ताले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: