शरीरको तौलले मानिसको आयुमा कतिको प्रभाव पार्छ ?

उचाइअनुसारको तौल घटबढ हुँदा मानिसको आयुमा ४ वर्षसम्म प्रभाव पर्ने एक अध्ययनले देखाएको छ ।

बेलायतका २० लाख मानिसमाथि गरिएको ल्यान्सेट अध्ययनअनुसार उचाईअनुसार कम तौल भएका ब्यक्तिको आयु समेत कम हुने छ । ४० वर्षमाथिका मानिसको बडी मास इण्डेक्स विएमआई सन्तुलनमा रहे कुनै रोगका कारण मृत्यु निम्तिने सम्भावना न्युन रहने छ । बढी तौल हुने महिला, पुरुष दुवैको आयु ४ दशमलव २ देखि ३ दशमलव ५ वर्ष आयु कम हुने छ । कम तौल हुने महिलाको ४ दशमलव ५ वर्ष र पुरुषको ४ दशमलव ३ वर्ष कम हुने निष्कर्ष सो अध्ययनको छ ।

मानिसको उचाईको आधारमा बडी मास ईण्डेक्स यकिन गरिन्छ ।

१८ दशमलव ५ देखि २५ सम्मको बडी मास ईण्डेक्सलाई स्वस्थ्य मानिन्छ । मोटोपना वा न्यून तौलबारे पत्ता लगाउने बिएमआई उत्तम विकल्प रहेको ल्यान्सेट अध्ययन प्रतिवेदनमा उल्लेख छ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कुन समयमा सेक्स गर्न रुचाउँछन महिला र पुरुष ?
%d bloggers like this: