टर्कीले बनायो विश्वकै सबैभन्दा ठूलो विमानस्थल ! [फोटोफिचर]

एजेन्सी । ट्रकीले विश्वकै सभैभन्दा ठूलो विमानस्थल आंशिक रुपमा सञ्चालनमा ल्याएको छ । उसले आफ्नो ९५‌‍‍‍औं स्थापना दिवसको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याएको हो ।


राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५ औं स्थापना दिवसको अवसर पारेर गत सोमबार यो विमानस्थलको उद्घाटन गरेका हुन् । करिब १२ बिलियन (१२ अर्ब) डलरमा यो विमानस्थलन निर्माण सम्पन्न भएको सीएनएनले जनाएको छ । आगामी डिसेम्बरबाट पूर्ण रुपमा सञ्चालनमा आउने यो विमानस्थललाई निकट भविष्यमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हुने विश्वास गरिएको छ ।


७ करोड ६५ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो विमानस्थलबाट दैनिक दुई लाख यात्रुहरु आवातजावत गर्न सक्ने टर्किस अधिकारीहरुले बताएका छन् ।विमानस्थलको टलिप आकारको कन्ट्रोल टावारले सन्-२०१६मा बर्लिनमा भएको विश्व अर्किटेक्चरल फेस्टिभलमा ‘फ्यूचर प्रोजेक्ट-इन्फ्रास्ट्रकचर’ पुरस्कार जितेको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  चे ग्वेभाराको हत्याको ५० वर्ष, विश्वभरी लाखौं मानिस सडकमा
%d bloggers like this: