फेसबुकको कमाई ३३ प्रतिशतले बढेर पौने ४ अरब डलर पुग्यो, अब घडी र टिभी बजारमा आउने

काठमाडौं, प्रख्यात सामाजिक सञ्जाल फेसबुकको कूल कमाई बढेर गएको छ ।

पछिल्लो समयमा सूचना लिकसम्बन्धी विवादमा परेपनि फेसबुकले कूल कमाईमा बृद्धि भएको तथ्य सार्वजनिक गरेको हो ।

फेसुबुकले सार्वजनिक गरेको तथ्यांक अनुसार, जुलाईदेखि सेप्टेम्बरको त्रैमासिकमा फेसबुकको आय ३३ प्रतिशत बढेर १३.७३ अरब डलर भएको छ । विश्लेषकहरुले भने यो कमाई १३.७८ अरब डलर हुने आँकलन गरेका थए ।

फेसबुकका अनुसार, यो अवधिमा मासिक सक्रिय प्रयोगकर्ताको संख्यामा समेत १० प्रतिशतले बृद्धि भएको छ । फेसबुकका अहिले उसको सक्रिय प्रयोगकर्ताको संख्या २.२७ अरब रहेको छ ।

फेसबुकका मालिक मार्क जकरबर्गले अको वर्ष निकै ठूलो मात्रामा लगानी गर्ने बताएका छन् । उनका अनुसार, अब कम्पनी इन्स्टाग्राम टिभी, फेसबुक घडी र फेसबुक मार्केटप्लेस जस्ता नयाँ प्रोडक्ट बनाउने र साइबर सुरक्षामा केन्द्रीत हुने छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  विदेश बसी फेसबुकमार्फत नेपालबारे जथाभावी लेख्नेलाई कारबाहि हुने
%d bloggers like this: