काठमाडौंका हिरासत चोर र डाँकाले भरिए

काठमाडौं, कार्तिक १५ । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ अभियुक्तले भरिएका छन् । चाडपर्वमा हुने चोरी डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् ।

 

चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिएको परिसरको दाबी छ । नियन्त्रणपछि यो वर्षको दसैंमा छिटपुटबाहेक चोरी डकैतीका घटना नभएको परिसरका एसपी अशोक सिंहले बताए । उनले भने, ‘विगतका पर्वमा चोरीका घटना धेरै हुन्थे। यो पटक त्यति भएनन् ।’ नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मुडुला कार्कीहरुको साझा वंशावली विमोचन
%d bloggers like this: