गोन्जालोमाथि दमन गर्ने फुजिमोरीकी छोरीलाई भ्रष्टाचारको आरोपमा जेल सजाय

लिमा, पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी केइको फुजिमोरीलाई तीन वर्ष जेल सजाय सुनाइएको छ ।

गोन्जालोमाथि निर्माण कम्पनीबाट १२ लाख डलर घुस खाएको आरोपमा जेल सजाय सुनाइएको छ ।

अल्बर्टो फुजिमोरीमाथि पनि मानवताविरुद्धको अपराधमा कार्वाही चलेको थियो । उनीमाथि मानवअधिकार उल्लंघन गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाइएको थियो । ७९ वर्षको उमेरमा निकै अपील गरेपछि राष्ट्रपतिले माफी गरेका थिए ।

पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)ले सशस्त्र युद्द चलाएपछि फुजिमोरीले आम नरसंहार मच्चाएका थिए । उनकै कार्यकालमा जनयुद्दका कमाण्डरलाई पक्राऊ गरी जेल हालिएको थियो ।

अल्बर्टो फुजिमोरीकी छोरी केइको फुजिमोरी पनि अमेरिकाकाबाट एमबिएस सकेपछि राजनीतिमा प्रवेश गरेकी थिइन ।
छोटो समयमा सत्तामा समेत पुगेकी केइको अहिले भने प्रतिपक्षी दलको नेता छिन् ।

फैसला सुनाउँदै न्यायाधिश रिचार्डसले केइको फुजिमोरीले अपराधिक संगठन समेत चलाउँदै आएको बताए । ४३ वर्षीय केइकोले भने आफूले अपराध नगरको दावी गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  शक्तिशाली प्रधानमन्त्री मोदीविरुद्ध लोकसभामा अविश्वास प्रस्ताव दर्ता
%d bloggers like this: