४ दिने कतारको भ्रमण सकेर आज नेपाल फर्किदै राष्ट्रपति

राष्ट्रपतिको स्वागतमा नजान प्रधानमन्त्री ओलीलाई अाग्रह

काठमाडौ‌ कार्तिक १५ ।

शिक्षण अस्पतालमा ४ दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएपनि अझै उपचारसम्म उपचार लिइरहेका छन् ।

बुधबारदेखि प्रधानमन्त्री ओलीले सामान्य हिँडडुल गर्न र नियमित खाना खान थालिसकेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको स्वास्थ्य सुधार आएको भन्दै प्रेस सल्लाहकार अर्यालले जनाएका छन् ।

ओलीको छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रण भएको छ । रक्तचाप र मधुमेह सन्तुलनमा रहेको उपचारमा संलग्न डा. अरुण सायमीले बताए । उपचारका क्रममा ओलीलाई नशाबाट दिइएका विभिन्न औषधि बिहीबारबाट नशाबाट दिन बन्द गरेर मुखबाट खान दिने तयारी छ।

स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री ओलीले नियमित काममा फर्कने अस्पतालबाटै प्रेस विज्ञप्ती सार्वजनिक गरिसकेका छन् ।

‘प्रधानमन्त्री ओलीले राष्ट्रपति कतारबाट फर्कंदा आफैं स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने इच्छा व्यक्त गरेका छन्,’ अर्यालले बिहीबार बिहान भने, ‘तर डाक्टरहरुले अहिले नै त्यसरी हिँड्न नमिल्ने बताएका छन् ।’

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको ४ दिने भ्रमण सकेर बिहीबार साँझ स्वदेश फर्किदै छिन् । भण्डारी साँझ ७ बजे काठमाडौं उत्रिने कार्यक्रम छ ।

सम्बन्धित् समाचार  किन राष्ट्रपति भण्डारी मतदानमा सहभागी नहुने ?

चिकित्सकहरूसँग नियमित छलफलमा रहेका अर्यालले शुक्रबारसम्ममा प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भइसक्ने अनुमान गरे ।

चिकित्सकहरुले साँझ–बिहान दुईपटक ओलीको स्वास्थ्य अवस्थाबारे सार्वजनिक जानकारी गराउँदै आएका छन् । बिहीबार बिहान १० बजे चिकित्सकहरूले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अबस्थाबारे जानकारी गराउने तयारी गरिरहेको अर्यालले बताएका छन् ।

शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको सिसियुमा राखेर प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ । ज्वरो तथा खोकीले सताएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान शिक्षण अस्पताल भर्ना गरिएको थियो । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: