सुपरस्टार शाहरुखलाई एकैसाथ तीनतीन वटा खुशी, सेलिब्रेट गर्न यसरी सजाए बंगला (तस्वीरहरु)

मुम्बई ।

बलिउडका सुपरस्टार शाहरुख खानको अर्काे बलिउड चलचित्र ‘जिरो’ को पोष्टर हालैमात्र रिलिज भएको छ ।

अगिल्लो पोष्टरमा शाहरुख खानलाई बउआ सिंह भूमिकामा अभिनेत्री कैटरिना कैफसँग रोमान्स गरिरहेको देख्न सकिन्छ देखिन्छ भने हाल सार्वजनिक दोस्रो पोष्टरमा उनलाई व्हिल चेयरमा बसेकी अनुष्काको साथमा देख्न सकिन्छ ।

दोस्रो तस्विरबाट यस चलचित्रमा अनुष्काले अपाङ्ग केटीको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ । चलचित्र ‘जिरो’ को ट्रेलर सुपरस्टार शाहरुख खानको शुभ जन्मदिनको अवसर पारे रिलिज हुने तयारीमा रहेको छ ।

यस्तो हुने छ तयारी

ट्रेलर रिलिजको लागि उनको टिम मुम्बईको बडालास्थित सिनेमा हललाई उत्तरी भारतीय सहर मेरठ जस्तै देखिने गरेर सजाइरहेको छ । यसको पुष्टि चलचित्रसँग जोडिएका कलाकारहरूले गरिसकेका  छन् । सिनेमा हललाई मेराथ्को घण्टाघर जस्तै लाग्ने गरेर सजाइने बताइएको छ । त्यहाँ बनाइएको स्टेजमा शाहरुख बउआ सिंह बनेर गम्छा, लेदर ज्याकेट र जिन्स लगाएर आउने छन् । । यस मौकामा शाहरुखले आफ्नो फ्यानहरुलाई पनि निमन्त्रणा दिएका छन् ।

एकैसाथ ३ सेलिब्रेशन

२ नोभेम्बरका दिन शाहरुखको जन्मदिन रहेको छ । त्यही बेला दिपावली पनि भएको र शाहरुखको चलचित्र जिरो पनि डिसेम्बरमा रिलिज हुने छ । यस तरिकाले भन्नुपर्दा शाहरुख खानको साथ सेलिब्रेसन गर्ने तीनओटा अवसरप्राप्त भएको छ ।यस मौकाको लागि उनले खास ेतयारी गरिराखेका छन् ।

सम्बन्धित् समाचार  किन चलचित्र वा विज्ञापनमा आउन छोडिन् रेखा ?

यस्तो छ मन्नतको स्पेशल डेकोरेशन

शाहरुख खान आफ्नो बंगला मन्नतलाई यसरी सजाइरहेका छन् । यसका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल पनि भइरहेका छन् । जसमा शाहरुखका घर मन्नत उज्यालोले जगमगाइरहेको देखिन्छ ।  शाहरुखको यो चलचित्र २१ डिसेम्बरमा रिलिज हुने भएको छ ।

एकैसाथ यसरी तीन अवसर परेकाले सुपरस्टार शाहरुख खानले अाफ्नो बंगला मन्नतलार्इ यसरी सजाएका केही तस्वीरहरु भाइरल भइरहेका छन् ।

हेर्नुहोस् केही तस्वीरहरु-

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: