शेयरबजारः नेप्से परिसूचक ०.२२ प्रतिशत घट्यो

काठमाडौं, कात्तिक १५ ।

साताको अन्तिम दिन अर्थात बिहीबारको कारोबार भएको दोस्रो घण्टाको अवधिमा नेप्से परिसूचक शून्य दशमलव २२ प्रतिशतले घटेको छ ।

कारोबार भएदेखि घटेको परिसूचक यस अवधिमा २ दशमलव ६७ अङ्कले घटेर १ हजार २ सय १८ दशमलव ७९ विन्दुमा पुगेको छ ।

कारोबार भएको १ सय १० कम्पनीको रू. ७ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । दश समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो । नगद लाभांश प्रस्ताव गरेको सानिमा बैङ्कको सर्वाधिक रू। १ करोड ८१ लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  १२ बजेको अपडेटः कारोबार सुरु भएको एकघण्टामा १२ अंकले बढ्यो नेप्से
%d bloggers like this: