करार सेवाबाट हटाइएका कर्मचारीलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं, कार्तिक १५ ।

गृह मन्त्रालयले करार सेवाबाट हटाइएका कर्मचारीलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको छ ।

गृह मन्त्रालय अन्तर्गतका करार सेवामा कार्यरत ८३ (तत्कालिन शान्ति मन्त्रालय समेत गरी) कर्मचारीलाई हटाउँदै बुधबारदेखि सिंहदरवारभित्र प्रवेशमा रोक लगाएको हो । यसरी सेवाबाट हटाइनेमा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयका ४१ कर्मचारी पनि छन् ।

गृह मन्त्रालय अन्तर्गत प्रशासन शाखामा कार्यरत उपसचिव ज्ञाननाथ ढकालका अनुसार तत्कालीन शान्ति मन्त्रालयका कम्प्युटर अपरेटर ६, सहायक कम्प्युटर अपरेटर ३, रिसेप्सनिस्ट १, हलुका सवारी चालक ७ र कार्यालय सहयोगी २६ छन् ।

यस्तै, गृह मन्त्रालय अन्तर्गतका कम्प्युटर टेक्निसियन १, कम्प्युटर अपरेटर ४, सहायक कम्प्युटर अपरेटर ३ र कार्यालय सहयोगी (झाडु बडार सहित) ३४ छन्।

गृहले करार सेवामा कार्यरत तत्कालीन शान्ति मन्त्रालयका ४ र गृहका १२ कर्मचारीको भने दरबन्दी मिलान गरेको छ । जसमध्ये कम्प्युटर अपरेटर १०, हलुका सवारी चालक ४ र कार्यालय सहयोगी २ छन् ।

गृहले हटाइएका कर्मचारीको नाम लिस्ट सिंहदरबार सुरक्षामा खटिइएका प्रहरी अधिकारीलाई दिएर उनीहरूले सिंहदरबार प्रवेशमा रोक लगाएको हो ।

सम्बन्धित् समाचार  माओवादीको उपहार, बागमती गाउँपालिकामा सिंहदरबार

गृहका सूचना अधिकारी एकदेव अधिकारीले दरबन्दी नभएकाले करार सेवामा कार्यरत कर्मचारीको नवीकरण नगरिएको जानकारी दिए । ‘ती कर्मचारीहरूलाई ३ महिनाको थप तलब सुविधा उपलब्ध गराउँछौं,’ उनले भने ।

अन्य मन्त्रालयका करार सेवाका कर्मचारीले आफूहरूले पुनस्थापित गर्नुपर्ने माग गर्दै आन्दोलनरत छन्।

गत भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले करार सेवाका कर्मचारीको असोज मसान्तसम्म म्याद थपी ३ महिनाको सुविधा दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो । गृह मन्त्रालय अन्तर्गत दरबन्दी खाली भए मिलान गर्ने निर्णय पनि गरेको थियो । प्रशासनडटकमबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: