ट्रम्पले फेरि थर्काए भारतलाई; कस्तो प्रतिक्रिया दियो भारतले ?

वासिंगटन, कार्तिक १५ ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानबाट पेट्रोलियम पदार्थ खरिद गर्ने भारत लगायतका देशहरूलाई ५ नोभेम्बरभित्र इरानबाट अप्रशोधित तेल आयात रोक्न चेतावनी दिएका छन् ।

उनले देशहरूका निम्ति पेट्रोलियम पदार्थको आपूर्ति पर्याप्त भएकाले उनीहरूले इरानसँग तेल खरिद गर्ने काम रोक्नु पर्ने बताएका हुन् ।

ट्रम्पले ५ नोभेम्बर उता इरानसँग तेलको लेनदेन जारी राख्ने देशहरू विरुद्ध प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् । मे २०१८ मा ट्रम्प इरानसँगको आणविक सम्झौताबाट आफू अलग्गिने घोषणा गरेका थिए ।

उक्त आणविक सम्झौता अनुसार इरानलाई परमाणु कार्यक्रम बन्द गर्नुको साटो आर्थिक प्रतिबन्धहरूमा छूट दिने कुरा थियो । तर उक्त सम्झौताबाट बाहिरिनासाथ ट्रम्पले इरान विरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका थिए ।

व्हाइट हाउसको तर्फबाट निर्देशनात्मक शैलीमा भारत लगायत इरानबाट तेल आयात गर्ने देशहरूलाई त्यसो नगर्न भनेको छ । उता भारतले भने एक अर्ब ३० करोड जनसंख्याको उर्जा अवश्यकता पूरा गर्न यसो गर्न नसकिने जानेको छ ।

भारतले आफ्नो ८० प्रतिशत उर्जा आवश्यकता तेल आयातका माध्यमले पूरा गर्ने गरेको छ । भारतले केही समय यता इरानबाट तेल आपूर्ति कम गरेपनि पूरै रोक्न सक्ने अवस्थामा भने ऊ छैन । केही दिन अघि मात्रै अमेरिकाका केही वरिष्ठ अधिकारीहरूले यसबारेमा भारतसँग कुरा समेत गरेका थिए तर यसको विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।

सम्बन्धित् समाचार  उत्तरी चीनमा कोइलाखानीमा विस्फोट, सत्र जनाको मृत्यु

ट्रम्पले रुससँग रक्षा सम्झौता गरेको भन्दै यसअघि नै भारतलाई चेताइसकेका छन् । उनले आफूले यस मामिलामा समेत लगातार निगरानी गरिरहेको बताइरहेका छन् । उता भारतले इरानसँगको तेल व्यापारमा गरेको कमीलाई अमेरिकाले कसरी बुझेको छ भन्नेबारे भने केही सार्वजनिक गरेको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: