फ्रान्समा जन्मिँदैछन् हात नभएका बच्चा, सरकारले छानबिन गर्दै

पेरिस ।

फ्रान्समा बिना हात या विकृत हात भएका बच्चाहरू जन्मिने क्रम बढेपछि सरकारले यसप्रति गम्भीर चासो व्यक्त गरेको छ । फ्रान्सका कैयन् ठाउँहरूमा यस्तो खाले जन्मजात दोष देखा पर्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । फ्रान्सको सरकारले यसबारे छानबिन भइरहेको र त्यसको नतिजा तीन महिनाभित्र आइसक्ने जनाएको छ ।

फ्रान्सको जनस्वास्थ्य निकायका प्रमुख फ्राँस्वाँ बोद्लानले यस कुराको पुष्टि गर्दै यस मामिलामा राष्ट्रव्यापी जाँच भैरहेको बताएका छन् । आफ्नो एउटा रेडियो अन्तर्वार्ताका क्रममा बोद्लानले यसका नातिजाहरूबारे देशवासीहरूबाट केही नलुकाइने समेत वचन दिए । गत सोमवार मात्रै स्वास्थ्य विभागले ११ नयाँ यस्ता घटनाहरूबारे थाहा पाएपछि यसबारेमा झन् चिन्ता बढेको हो ।

सबैभन्दा पहिले सन् २००० र २०१४ बीच स्विट्जरल्याण्डसँग जोडिएको सीमा क्षेत्रमा यस्ता केही मामिलाहरू देखा परेका थिए तर यसलाई सार्वजनिक गरिएको थिएन । गत १५ वर्षमा लगभग २५ यस्ता मामिलाहरू प्रकाशमा आएको बताइएको छ । यो सङ्ख्या उल्लेखनीय नभएपनि फ्रान्सेली मिडियामा आएपछि यो डर र बहसको विषय बन्न पुगेको छ ।

सम्बन्धित् समाचार  विश्वकप उपाधिः फ्रान्सले विश्वकप जित्न सक्ने कारण यी हुन्

फ्रान्सकी स्वास्थ्यमन्त्रीले यस समस्यालाई स्वीकार गर्दै आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले वातावरणीय समस्या, गर्भवती महिलाहरूको खानपान आदि जस्ता समस्याहरूले गर्दा यस्तो भएको हुनसक्ने बताएकी छिन् ।

एउटी डाक्टर स्वयम् यस्तो समस्याबाट पीडित रहेको बताइएको छ । इसाबेल नाम गरेकी ती चिकित्सकले सन् २०१२ मा बायाँ हात नभएकी छोरी जन्माएकी थिइन् । उनी भन्छिन्- जसरी प्रशासनले यो मामिलालाई लिएको छ त्यसले सन्देह पैदा गरेको छ ।
उनले छोरीको जन्मबारे एएफपीसँग कुरा गदै यो कुनै दुःस्वप्नलाई जिउनु जस्तो रहेको बताएकी छिन् । उनले आफ्नी छोरी जन्मिएको केहीमहिना पछि पश्चिमी फ्रान्समा यस्तै समस्याबाट पीडित केही अन्य परिवार समेत फेला परेका बताइन् । उनी भन्छिन्, ‘स्वास्थ्य प्रशासनले हामीहरूको चिन्तालाई सम्बोधन गर्नुको साटो घटनालाई लुकाउने प्रयत्न गरेको थियो ।’

वंशाणुगत समस्या हुनसक्ने आशंका

सन् १९५० र ६० को दशकमा विश्वभरि नै हजारौं अपाङ्ग बच्चाहरू जन्मिएको बताइन्छ । त्यस समय यस समस्यालाई थालिडोमाइड नामक एउटा औषधिका कारण उत्पन्न भएको मानिएको थियो । यस औषधिको उपयोग गर्भवती महिलामा हुने वाकवाकी जस्ता समस्याको उपचार गर्न गरिन्थ्यो । पछि उक्त औषधिलाई प्रतिबन्धित गरिएको थियो । धेरैले अहिले पनि कतिपय आमाहरूको अनुवंशिकीमै थालिडोमाइडको प्रभाव हुनसक्ने र त्यसकै कारण यस्तो हुनसक्ने आशंका गर्न थालेका छन् ।

सम्बन्धित् समाचार  उत्तर कोरियाद्वारा सैन्य क्षमता प्रदर्शन, परमाणु युद्दका लागि तयार रहेको चेतावनी

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: