सय दिन पूरा हुँदा पनि निश्कर्ष शून्य

कञ्चनपुर, कार्तिक १६ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पूरा भयो । अपराधी पत्ता लगाउन नसक्दा आलोचना खेप्दै आएको सरकारले सय दिन पूरा हुँदा पनि आलोचना खेपिरहेको छ ।

गत १० साउनमा घरबाट होमवार्क गर्न भन्दै साथीको घर पुगेकी निर्मलाको ११ गते उखुबारीमा शव भेटिएको थियो । शव भेटिएसँगै सरकारले बनाएको एउटा उच्चस्तरीय सहित ७ वटा अनुसन्धान टोलीले कुनै नतिजा दिन नसकेपछि सरकारको आलोचना चुलिएको थियो ।

सामाजिक अभियन्ताले निर्मलाको न्याय माग्दै सडकमा आन्दोलनका कार्यक्रम गर्दै आएको थियो । अभियन्ताले आन्दोलनलाई निरन्तरता दिँदै र उनको सम्झनामा शुक्रबार ललितपुरस्थित पाटनको कृष्ण मन्दिरमा दीप प्रज्वलन गर्ने आयोजना गरेको छ । यसअघि सडक र्‍याली, कविता वाचन, अनसन लगायत दबाबमूलक कार्यक्रम गर्दै आएका अभियन्ताहरुले साँझ ५ बजे कार्यक्रम गर्ने भएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  संशोधन प्रस्ताव फिर्ता लिँदै नयाँ संशोधन दर्ता गर्ने प्रधानमन्त्रीको तयारी
%d bloggers like this: