नेपाल प्रहरीलाई कतारले सघाउने

काठमाडौं, कार्तिक १६ । नेपाल प्रहरीले कतार प्रहरीसँग सुरक्षामा समन्वयका लागि समझदारी गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतार पब्लिक सेक्युरिटीका महानिर्देशक साद बिन जसिम अल खुलाइफीले समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।

समझदारी अन्र्तगत आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तिय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तिय अपराध नियन्त्रणमा समन्वय हुने छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पूर्वराजा ज्ञानेन्द्र भारत जाँदै
%d bloggers like this: