धेरै स्याम्पू प्रयोग गरेमा कपालमा यस्तो समस्या आउन सक्छ (भिडियोसहित)

कपालको लागी स्याम्पू किन्दा हामी धेरै ध्यान राख्ने गर्दछौँ तर कपालमा स्याम्पू लगाउँदा त्यति ध्यान पुर्याउँदैनौ र प्रायः जसो हामी गल्तीहरू गर्ने गर्छौं । जसको परिणाम स्वरूप हाम्रो कपाल झर्ने र कमजोर हुने समस्या देखा पर्छ ।

कपालमा स्याम्पू लगाउँदा ध्यान दिनुपर्ने विशेष कुराहरू यस्ता छन्, जान्नुहोस्–

० प्रायः जसो हामी सोच्ने गर्छौं कि अधिक स्याम्पूको सेवनले कपाल सफा र बलियो हुन्छ, तर यो गलत हो। अधिक स्याम्पू सेवन गर्नाले नोक्सान पुर्याउँछ । कपालको लम्बाई अनुसार नै स्याम्पू लगाउनुपर्दछ।

० कयौँ पटक हामी हतार–हतारमा टाउकोमा स्याम्पू सही तरिकाले सफा गर्दैनौ र कपालमा श्याम्पू रहने गर्दछ । जसको कारण कपाल झर्ने समस्या शुरू हुन्छ ।

– स्याम्पू सफा गर्नको लागी टाउकोमा बल गरेर मसाज गर्नुहुँदैन । यसो गर्दा कपाल कमजोर हुने र झर्ने समस्या हुन्छ । यसको लागी औँलाको सहायताले श्याम्पू निकाल्नुहोस् ।

– स्याम्पूलाई हातमा राखेर लगाउनुहोस् किनभने सिधा टाउकोमा राख्दा एकै ठाउँको कपाल रुखो हुने गर्छ ।

– स्याम्पू मनतातो पानीको साथमा लगाउनुहोस् । धेरै तातो पानी प्रयोग गर्नुहुँदैन । तातो पानीको साथमा श्याम्पू लगाउनाले कपाल रुखो हुन्छ ।

सम्बन्धित् समाचार  यसरी बनाउनुहोस् केही दिनमै अनुहार चम्किलो

– कपाललाई राम्रोसँग भिजाएपछि स्याम्पू लगाउनुहोस् ।

– स्याम्पू टाउको को पछाडीबाट लगाउदै गाडितर्फ आउनुहोस् ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: