हिउँदे अधिवेशनले प्रदेश १ को नाम र केन्द्रबारे छिट्टै टुंगो लाग्छः मन्त्री घिमिरे

खाँदबारी, कार्तिक १६ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुंगो लगाउने बताएका छन् ।

सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उनले दशैं र तिहारजस्ता चाडपर्वले केही ढिलार्इ भएकाले मंसिरको दोस्रो सातादेखि सुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुंग्याउने बताए ।

प्रदेशमा संलग्न सबै दलसँग सहमति गरेर टुंग्याउने छौं, मन्त्री घिमिरेले भने– ‘नाम र राजधानीका विषयमा बहस भइरहेको छ।’

संखुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको चर्चा गर्दै उनले किमाथांका (जोगबनी सडक) जोडिएपछि प्रदेश १ लाई यसले थप समृद्ध बनाउने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कैहिले गाडीको कैहिले मानिसको पालो !
%d bloggers like this: