दाङका १४७ जनामा सिकलसेल एनिमिया

लमही, कार्तिक १६ ।

दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कनुसार ८१ पुरुष र ६६ महिलामा सिकलसेल एनिमिया देखिएको छ ।

जिल्लामा आव २०७३र०७४ देखि सिकलसेल एनिमियाको तथ्यांक राख्न थालिएको हो ।

सोअनुसार आव २०७३-०७४ मा ४६ पुरुष र २८ महिला, २०७४र०७५ मा ३३ पुरुष र ३६ महिला र चालू आर्थिक वर्षको अहिलेसम्म दुई पुरुष र दुई महिलामा सिकलसेल एनिमिया देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रकाशकुमार योगीले बताए ।

ती बिरामीलाई अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिशका आधारमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रु एक लाख बराबरको निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आइएको छ । अस्पतालले सिकलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कागजसहित जनस्वास्थ्य कार्यालयमा आएमा कार्यालयले रु एक लाखको निःशुल्क उपचारका लागि सिफारिश गर्ने योगीले जानकारी दिए ।

थारू समुदायमा लाग्ने यो रोगबाट धेरै पीडित भएको हुन सक्ने भएपनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगी यकिन हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिष्टेण्ट कुन्दन ठाकुरले जानकारी दिए । यस रोगबाट धेरै थारू समुदाय पीडित भए पनि धेरै व्यक्तिले स्वास्थ्य नै परीक्षण नगराएको बताइएको छ ।

सम्बन्धित् समाचार  असफलताको कारण जति अाफन्तहरुको मन दुखेको हुन्छ, त्यति नै डाक्टरको मन दुख्छ !

वि.सं. २०६८ को जनगणनानुसार दाङमा एक लाख ६३ हजार ३३४ थारू समुदायको बसोबास छ ।

थारूको जम्मा सङ्ख्यामध्ये दाङमा १५ प्रतिशतमा सिकलसेल एनिमिया भएको हुन सक्ने एक वर्षअघि विशेषज्ञ डा राजन पाण्डेले गरेको अध्ययनले देखाएको थियो । वंशानुगत रुपमा लाग्ने यस रोगलाई न्यूनीकरण गर्नका लागि सबै थारू समुदायको रगत परीक्षण गर्न सरकारले सहयोग गर्नुपर्ने थारू स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष जीवराज चौधरीले बताए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: