गायक प्रवीन शाहीको ‘अाज सबै’को गीतको भिडियो सार्वजनिक

गायक प्रवीन शाहीले गाएका शुक्रबार सबै बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रमा प्रसिद्ध संगीतकमी देव रानाले उनले गाएको म्यूजिक भिडियो सार्वजनिक गरको हो ।

एक दशकपछि सांगतिक फाँटमा पुनरागमन गरेका गायक प्रविन शाहीले गाएका यो गीतमा संगीत गौरव शर्माको रहेको छ ।

त्यसैगरी स्वर्गीय बाबुराम रिमाले लेखेका यो गीतमा प्रमोद परियारले एरेन्जरको भुमिका निर्वाह गरेका छन् यो गितको भिडियो सम्पादनमा टेकेन्द्र शाह, छायांकनमा प्रेम लामा रहेका छन् । त्यसैगरी यो भिडियोमा मोडल विशाल थापा र मनिसा सापकोटाले अभिनय गरेका छन् भने निर्देशन सुभाष प्रधानको रहेको छ।

सार्वजनिक कार्यक्रममा गायक प्रविन शाहीले प्रत्यक्ष रुपमा दर्शकमाझ यो गीत पनि गाएका थिए । त्यसैगरी कार्यक्रममा अन्य पुराना कलाकारहरुले आ–आफ्नो सांगेतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा गीतकार सुभाषचन्द्र ढुंगेल, रमेशप्रसाद कोइराला, राजेशमान केसी।, कपिल कस्पाल । त्यसैगरी पुराना गायक एवंम क्लासिक एफ.एम.का संस्थापक प्रस्तोता मुकुन्द खड्का माईक, गायक एवंम गितारिष्ट ज्योति घिमिरे, गायक एवंम गितारिष्ट पेम्बा लेप्चाको उपस्थिति रहेका थिए ।
उनीहरुले गायक प्रवीन शाहीलाई पुन गायन क्षेत्रमा सक्रिय हुन लागेकोमा बधाई दिएका छन् ।

सम्बन्धित् समाचार  जमुना र विशालको ‘मनको कुनामा बस्ने’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

गायक प्रविन शाहीले २०५१ सालमा सहिदको सपना बोलको पहिलो गित रेर्कड गराएका हुन् । समाज शास्त्रमा स्नातकोतर सम्म अध्ययन गरेका गायक प्रवीनले कलानिधि संगीत महाविद्यालय पटनाबाट ४ वर्ष शास्त्रिय संगीत गायनमा अध्ययन गरेका छन् । भक्तपुरका प्रविन भक्तुर सांगीतिक समाजको संस्थापक अध्यक्ष समेत रहेका छन् ।

सार्वजनिक कार्यक्रमा बोल्दै अब निरन्तर संगीतमा लागेर आफ्नो सांगेतिक जीवनलाई अगाडि बढाउने गायक प्रविन शाहीले जानकारी दिए ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: