सार्वजनिक ऐलानी जग्गामा घर निर्माण रोक्न अदालतको आदेश

नेपालगञ्ज, कार्तिक १६ ।

बाँकेको डुडुवा गाउँपालिका–२ जाफरपूर्वामा सार्वजनिक ऐलानी जग्गामा थालेको घर निमार्ण तत्काल रोक्न अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

कित्ता नं ५०५ को १५ बिघा ऐलानी सरकारी जग्गा स्थानीयवासी युनुस खाँ र जहिरुद्दिन खाँले कब्जा गरेपछि उच्च अदालतमा मुद्दा परेको थियो । स्थानीयवासी मोहम्मद हुसेन खाँ, मोहम्मद अजमल खाँ र तेजराम कुर्मीले उच्च अदालत नेपालगञ्जमा रिट दयार गरेका छन् । उच्च अदालत नेपालगञ्जका न्यायधीश खुशीप्रसाद थारुको एकल इजलासले सो जग्गामा कुनै किसिमको अवैध निमार्ण कार्य नगर्न, नगराउन र जग्गा अतिक्रमण नगर्न अन्तरिम आदेश दिएको हो ।

जग्गा कब्जा हटाउन प्रहरी प्रशासनले चासो नदिएपछि अदालत धाउनु परेको निवेदक हुसेनले बताए । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रहरी प्रशासनको सहयोगमा अदालतको आदेश तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  गरीब तथा अपा‌ंग भएका बालबालिकालार्इ अार्थिक सहयोग उपलब्ध
%d bloggers like this: