मुलुकको समसामयिक अवस्थाबारे विचारविमर्श गर्दै अध्यक्षद्वय

अस्पतालमा पनि प्रधानमन्त्रीलार्इ देशकै चिन्ता

काठमाडौं, कार्तिक १६ ।

शिक्षण अस्पतालमा उपचाररत् प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आज भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

भेटका अवसरमा दुई अध्यक्षबीच मुलुकको समसामयिक अवस्थाका बारेमा पनि विचारविमर्श भएको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले बताए ।

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको प्रतिवेदन राम्रो रहेको र स्वास्थ्य स्थिति सामान्य भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अस्पताल पुगेका थिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  चन्द्रागिरिमा गुञ्जिए संमृद्दिका स्वर, श्राेता बने प्रधानमन्त्री !
%d bloggers like this: