कीर्ते गरेको आरोपमा न्यायाधीशकी श्रीमति पक्राउ !

उदयपुर, कार्तिक १६ ।

नक्कली जन्मदर्ता गरेको आरोपमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमति ललिताकुमारी राउतलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर प्रहरीले अर्काको बच्चा आफ्नो हो भनी जन्म दर्ता गरेको उजुरी परेपछि ४४ वर्षीया राउतलाई सोमबार कटारीबाट पक्राउ गरेको हो।

अर्कैको बच्चा आफ्नो हो भनी वडा कार्यालयमा दर्ता गरेपछि न्यायाधीश राउतका बुवाले आफ्नै बुहारीविरूद्ध प्रहरीमा उजुरी दिएका थिए ।

न्यायाधीश राउतले आफ्नो हस्ताक्षर कीर्ते गरेर ललिताले आफन्तको बच्चा आफूहरूको हो भन्दै जन्मदर्ता गरेको बताए । २०६१ सालमा विवाह गरेका प्रकाशमान र ललिताका सन्तान छैनन ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  प्रहरीमाथि गोली प्रहार गर्ने तीन पक्राउ
%d bloggers like this: