ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु

डडेल्धुरा, कार्तिक १७ । ट्रयाक्टर दुर्घटनामा डडेल्धुरामा वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका-२, रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरुको दुर्घटनामा परेर मृत्यु भएको हो ।

 

से १ त १००५ नम्बरको ट्रयाक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  छुट्टाछुटै दुर्घटनामा तीन जनाको मृत्यु
%d bloggers like this: