काग तिहार अर्थात धनतेरसमा के किन्ने के नकिन्ने ?

कार्तिक १९ गते, सोमवारदेखि यमपंचक सुरु हुँदैछ । यस अवधिमा मनाइने तिहारलाई नेपालका धेरै जसो संस्कृतिमा धुमधामका साथ दीपोत्सवको रूपमा मनाइन्छ ।

यमपंचकको पहिलो दिनलाई काग तिहारको रूपमा मनाइने गरिछ । यसदिन सन्देशवाहकको रूपमा कागको पूजा गरिन्छ । यसका साथै यस दिन आरोग्यका देवता धन्वन्तरी र धनका देवता कुबेरको पूजा समेत गरिन्छ । देशका तराई भागमा त्रयोदशीका दिन पर्ने यस पर्वलाई धनतेरसका नामले समेत चिन्ने गरिन्छ ।

धनतेरसका दिन बहुमूल्य वस्तुहरूको खरिददारी गर्ने समेत प्रचलन रहेको छ । यस दिन समान किन्दा धनवृद्धि हुने विश्वास रहेकाले कतिपय मानिस महत्वपूर्ण खरिददारीका निम्ति यस दिनको प्रतीक्षामा रहने गर्दछन् ।

धनतेरसको दिन बहुमूल्य वस्तुको खरिददारी गर्नुलाई राम्रो मानिए पनि यस दिन सबै खालका सामान किन्नु भने उपयुक्त मानिदैन । धेरैले यस दिन सके सुन नत्र चाँदी र त्यो पनि नसके पित्तल या तामाको सामान किन्नु उपयुक्त ठान्दछन् ।

हुन त कुनै पनि सामान कुनै निश्चित दिन किन्नु भन्दा पनि आफूलाई अनुकूल परेको बेलामा किन्नु सबैभन्दा उत्तम हो । तर शुभाशुभमा विश्वास गर्नेहरू यस दिन के किन्ने र के नकिन्ने भन्ने कुरामा निकै सजग रहेको पाइन्छ । हामीले आज धनतेरसको दिन कुन समान किन्दा शुभ हुने र कुन समान किन्दा अशुभ हुने भन्नेबारे  केही जानकारी जुटाएका छौं ।

सम्बन्धित् समाचार  पानामा पेपर काण्डमा मुछिएका नेपालीको अनुसन्धान खै ?

के किन्दा शुभ हुन्छ?

लक्ष्मी गणेशको प्रतिमा: यस दिन लक्ष्मी र गणेशको प्रतिमा या तस्बिर किन्नु उपयुक्त मानिन्छ । यसो गर्दा घरमा सुखसमृद्धि एकैसाथ आउने र गृह्क्लेश समेत टाढा हुने विश्वास गरिन्छ ।उक्त प्रतिमालाई लक्ष्मीपूजाको दिन पूजा गर्नु राम्रो मानिन्छ ।

गरगहना तथा कपडा: यस दिन सुन चाँदीका गहना किन्नु पनि राम्रो मानिन्छ । त्यसका साथै लुगाफाटो किन्दा पनि सेतो या रातो रङ्गको कपडा किन्नु राम्रो मानिन्छ । कालो या निन्याउरो रङ शनिको प्रतीक हुने भएकाले यस दिन सकेसम्म नकिन्नु नै राम्रो मानिन्छ ।

मोटरगाडी किन्दा ध्यान दिनुपर्ने: धेरैले यस दिन मोटरगाडी पनि किन्ने गर्दछन् । यो राम्रो भएपनि त्यसको मूल्य भने सकेसम्म एक दिन अगाडि नै तिर्नु राम्रो मानिन्छ । यसो गर्नुका मुख्यतया दुई कारण रहेकाछन्: पहिलो त गाडीहरू फलामबाट बनेका हुन्छन् र फलाम शनिको धातु ,मानिन्छ, अर्को हो यसमा प्रयोग हुने काँच जसलाई राहु तत्व मानिन्छ ।

सम्पत्ति, भाँडाकुँडा या औषधि: यस दिन अचल सम्पत्ति र औषधि किन्दा पनि लाभ हुने विश्वास गरिन्छ । त्यस्तै तामा, पित्तल, चरेस, स्टील आदिका भाँडा कुँडा किन्नु पनि राम्रो मानिएको छ ।

सम्बन्धित् समाचार  पत्रकार सडकमा ओर्लिदैनन, तर हामी बाध्य भयौं : अध्यक्ष आचार्य

कुचो, नुन र धनियाँ: यस दिन कुचो र नुन किन्नु पनि राम्रो मानिन्छ । कुचो किन्दा घरको नकारात्मक उर्जा बाहिर जाने विश्वास गरिएको छ । त्यस्तै यस दिन धनियाँ किन्नु पनि राम्रो मानिन्छ । यसरी कीएको धनियाँलाई लक्ष्मीको प्रतिमा नजिक राखेर लक्ष्मी पूजा पछि कुनै गमलामा विसर्जित गरिदिनु पर्दछ ।

अन्य कुराहरू: त्यस्तै यस दिन दक्षिणवर्ती शंख, कमलगट्टाको माला, धार्मिक साहित्य या रुद्राक्षको माला किन्नु पनि लाभदायक मानिन्छ । त्यस्तै यस दिन प्राणप्रतिष्ठित श्रीयंत्र समेत घरमा राख्दा फाइदा हुन्छ ।

के किन्नु उपयुक्त हुँदैन ?

काँचका समान: काँचको सम्बन्ध राहु ग्रहसँग भएको मानिन्छ । राहु नीच ग्रह मानिने र यसले अशुभ गर्न सक्ने भएकाले नै यस दिन काँचका सामान किन्नु उपयुक्त मानिंदैन ।

फलाम र एल्मुनियमका भाँडाकुँडा: फलाम शनिसँग र एल्मुनियम राहुसँग सम्बद्ध भएकाले यस्ता समान पनि यस दिन किन्ने गरिन्न ।

धारिलो वस्तु: धनतेरसको दिन चक्कु, खुकुरी जस्ताधरिला समान समेत किन्नु राम्रो मानिंदैन ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: