प्रचण्डको घोषणा– दश वर्षभित्र नेपाल दक्षिण एसियाकै समृद्ध राष्ट्र बन्छ

काठमाडौं, कार्तिक १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आगामी दश वर्षभित्रमा नेपाल दक्षिण एसियाको समृद्ध राष्ट्र बन्ने दाबी गरेका छन् ।

रुपन्देहीको बुटवलमा नेकपाले आज (शनिबार) आयोजना गरेको शुभकामना सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् । साथै, उनले नेकपाको सरकारले मात्र मुलुकमा विकास र समृद्धि ल्याउने बताए ।

मुलुकलाई पछाडि धकेल्न चाहनेहरुले जति षड्यन्त्र गरेपनि विकास र समृद्धि नरोकिने दाबी गर्दै उनले अब विकास कसैले रोकेर नरोकिने भएकाले नेपाल एसियाकै सम्पन्न राष्ट्र बन्ने दृढता जनाए ।

त्यस्तै, अध्यक्ष प्रचण्डले केही समयभित्र तल्लो तहसम्मै पार्टी एकता हुने पनि बताए । विवादको कारण नभई भविष्य हेरेर गृहकार्य गर्दा केही ढिलाई भएको उनको भनाइ थियो ।

कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेलले अहिल्यै सरकारको मुल्याङकन गर्ने बेला नआएको बताउँदै सरकारलाई असफल हुने छूट पनि नरहेको तर्क गरे ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  प्रदेश प्रहरी प्रमुखमा डिआईजी खटाइने, एआईजी बढुवा अन्योलमा
%d bloggers like this: