युवा स्वरोजगारमा अनियमितताः कानुन मिचेर २७ करोड ६२ लाख खर्च

काठमाडौं, कार्तिक १८ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सञ्चालन हुने तालिममा चरम अनियमितता भएको भेटिएको छ । प्रधानमन्त्रीमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा कोषको २७ करोड ६२ लाख १४ हजार सात सय रुपैयाँ अनियमित रूपमा खर्च भएको पाइएको हो ।

‘नेपाल उद्योग वाणिज्य महासंघलाई तालिम तथा प्रशिक्षणका नाममा ४४ लाख ४७ हजार एक सय रुपैयाँ तथा महासंघ र मातहतका ९१ संस्थालाई २७ करोड १७ लाख ६७ हजार ६ सय रुपैयाँ गैरकानुनी रूपमा दिएको देखिन्छ,’ केन्द्रको अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

ठूलो रकम अनियमितता भेटिएपछि थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन पठाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले बताए । विस्तृत खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ऊर्जामन्त्रीको निर्देशनपछि चमेलियामा तीब्र गतिमा काम हुँदै
%d bloggers like this: