खोलामा उच्छृंखल हर्कत गर्ने ३७ विदेशी खेदिए !

अर्घाखाँची, कार्तिक १८ । खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला बाहिर पठाएको छ ।

 

शीतगंगा नगरपालिका ६, सिद्धाराको गोवाङ र बुच्ची खोलामा नाङ्गै भएर उनीहरु आपसमा अश्लील गतिविधिमा संलग्न थिए । गाउँलेले हेर्नै नमिल्ने गरी खुला स्थानमा उच्छृंखल गतिविधि गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

 

स्थानीय प्रशासनको अनुमतिबिना केही दिनदेखि टेन्ट नै टाँगेर विदेशीहरु त्यहाँ बसेका थिए । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अर्घाखाँचीमा जीप दुर्घटनाः ११ जना घाइते, ५ गम्भीर
%d bloggers like this: