आइतबार बजारमा कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं, कार्तिक १८ ।

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बजारमा आज सुनचाँदी कतिमा बिक्री भइरहेको छ ?
%d bloggers like this: