एलिमिनेटर राउण्डमा पारसकाे चितवनलार्इ ९५ रनको झिनो लक्ष्य

पोखरा कार्तिक १८ ।

पोखरा प्रिमियर लिग (पीपीएल) को एलिमिनेटर राउण्डको खेलमा काठमाडौं रोयल्सले चितवनलाई ९४ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले सबै विकेट गुमाइ १९.४ ओभरमा ९४ रनको सामान्य योगफल बनाएको हो ।

अब चितवनलाई फाइनल पुग्नका लागि एक सय २० बलमा ९५ रन बनाउनु पर्नेछ । काठमाडौंका लागि ओपनर जयकृष्ण कोसवालले २५ रन र कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान गरे । काठमाडौंका अन्य ब्याट्सम्यानले दोहोरो अंकुसम्म जोड्न सकेनन् ।

उत्कृष्ट बलिङ गर्ने क्रममा चितवनका लागि सन्नि पटेलले ३ विकेट, समित पटेल र भुवन कार्कीले समान २र२ विकेट लिए । कप्तान पारस खड्का र करण केसीले समान १र१ विकेट लिए । आजको खेल जित्नेले मंगलबार हुने फाइनलमा घरेलु टोली पोखरा पल्टनको सामना गर्नेछ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटः नेपालद्वारा हङकङलाई जितका लागि ९५ रनको लक्ष्य प्रस्तुत
%d bloggers like this: