तुलाधरको निधन लगत्तै अस्पताल पुगेर प्रचण्डद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं, कार्तिक १८ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आज अपरान्ह दिवंगत भएका मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अध्यक्षले उपचारमा सम्लग्न चिकित्सकहरुसँग उहाँको पछिल्लो स्वास्थ्यस्थितिको बारेमा जिज्ञासा राखेका थिए । उपचारमा सम्लग्न चिकित्सकहरुले अध्यक्ष प्रचण्डलाई अस्पतालमा ल्याउँदा उनी अचेत भइसकेको जानकारी गराएका थिए ।

अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताए । उनले भने, ‘उहाँले जनआन्दोलन र सांस्कृतिक आन्दोलनमा खेलेको भुमिका ऐतिहासिक छ । अझै उहाँले नेपालको शान्ति प्रक्रियाका लागि वातावरण बनाउन मध्यस्तकर्ताका रुपमा खेल्नु भएको महत्वपूर्ण भूमिका इतिहासले सधै सम्झिरहने छ । हामीले अभिभावक गुमाएका छौं । नेपालको मावन अधिकारको आन्दोलन तथा वामपन्थी आन्दोलनमा उहाँले प¥याउनु भएको योगदान इतिहासमा स्मरणीय रहने छ ।’

त्यसैगरी अध्यक्ष प्रचण्डले एक शोक विज्ञप्ति जारी गर्दै पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा तुलाधरले खलेको महत्वपूर्ण भूमिका सदा स्मरणीय रहेको बताए ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पछिल्लो संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा छैन – अध्यक्ष ओली
%d bloggers like this: