‘जीरो’ भएका शाहरुखले ट्रेलरबाटै तोडे रेकर्ड

शाहरुख खानले शुक्रबार आफ्नो जन्मदिन मनाए र साथै महत्वाकांक्षी चलचित्र ‘जीरो’को ट्रेलर पनि सार्वजनिक गरे ।

यस चलचित्रको ट्रेलरमा आएका प्रतिक्रियाबाट उनी निकै उत्साहित बनेका छन् र उनले आफा फ्यानहरूलाई ट्वीटमार्फत् धन्यवाद पनि भनेका छन् ।

यस फिल्मको ट्रेलरलाई युट्युबमा दुई दिनभित्र ६ करोड ७५ लाख जनाले हेरिसकेका छन् । यस अर्थमा यो चलचित्र ब्लकबस्टर हुने निश्चित छ ।

युट्युब भ्युकै कुरा गर्ने हो भने २०१८ को सर्वाधिक कमाइ गर्ने चलचित्र ‘संजु’को हालसम्मको भ्युजलाई समेत ‘जीरो’ले उछिनेको छ । त्यस्तै आमिर खान र अमिताभ बच्चन अभीनित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ र रजनीकान्त र अक्षय कुमारको अभिनय रहेको साइ-फाइ सिक्वेल २.० समेतलाई जीरोले पछारिसकेको छ ।

ट्रेलर भ्युकै करा गर्ने हो भने जीरोभन्दा अगाडि ‘बाहुबली- २’, ‘बागी-२’ र ‘टाइगर जिन्दा है’ मात्र रहेका छन् तर यी चलचित्रका ट्रेलर युट्युबमा अपलोड भएको वर्ष दिनभन्दा बढी भैसकेको छ भने ‘जीरो’ दुई दिन अघि मात्र अपलोड भएकोहो । यस हिसाबले यसले सजिलै ती आँकडाहरू पनि पार गर्ने आकलन गरिएको छ ।

सम्बन्धित् समाचार  सलमान खान अदालतमा

युट्युबमा हाल शनिबार ट्रेन्डिङ भिडियोको सूचीमा दोस्रो नम्बरमा रहेको यो ट्रेलर आइतबार एक नम्बरमा उक्लिएको छ ।

निर्माता कम्पनी रेड चिल्लीजका अनुसार रिलिज भएको २४ घण्टाभित्रै युट्युबमा ४ करोड भन्दा बढीले यो ट्रेलर हेरिसकेका थिए । त्यस्तै यो सबैभन्दा छिटो फेसबुकमा १० लाख भ्युज र युट्युबमा १० लाख लाइक पाउने भिडियोमा समेत परेको बताइएको छ ।

उता फेसबुकमा समेत ‘जीरो’को ट्रेलरले एक करोडभन्दा बढी भ्यु प्राप्त गरिसकेको छ । शाहरुखले यो कुरा थाहा पाउनासाथ आफ्ना प्रशंसकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले ट्वीट गर्दै ‘सानो मान्छेलाई यति ठुलो बनाइदिएको’ भन्दै प्रशंसकहरूप्रति यो प्रेमका लागि आभार व्यक्त गरेका छन् ।

‘जीरो’ २१ डिसेम्बरमा रिलिज हुँदैछ र यसमा शाहरुख खानसँगै क्याटरिना कैफ र अनुष्का शर्माको अभिनय रहेको छ । यस फिल्ममा शाहरुखले बाउन्ने पात्र बउआ सिंहको भूमिका निर्वाह गर्दैछ्न् भने अनुष्काले अपांग केटीको र क्याटरिना सेलिब्रिटीको भूमिकामा देखिने भएकी छिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: