फ्रान्सलाई टुक्र्याउन नहुने पक्षमा ५६ प्रतिशतले गरे मतदान, क्यालेडोनियमा भएको थियो जनमत संग्रह

काठमाडौं, मधेशलाई नेपालबाट अलग गर्नुपर्छ भनेर केही अलगाववादी सक्रिय भएको बेला फ्रान्समा भने अनौठो परिणाम सार्वजनिक भएको छ ।

फ्रान्सको नियन्त्रणमा रहेको न्यू क्यालेडोनिया द्विपका जनताले स्वतन्त्रताको माग गदै आएको समूहलाई जनमत संग्रहमा पराजित गरेका छन् ।

आइतबार सार्वजनिक भएको परिणाममा ५६.४ प्रतिशत जनताले फ्रान्सकै हिस्सा बन्ने पक्षमा मतदान गरे । ४३.६ प्रतिशतले भने अलग हुने पक्षमा मत दिए ।

आधिकारिक तथ्यांक अनुसार, ८० प्रतिशत भोट खसेको चुनाव राजधानी नोमेयामा भएको थियो ।

न्यू क्लालेडोनियामा निकल नामक खनिज धातु निकै बढी पाइन्छ । यो धातुको प्रयोग विद्युतीय सामानमा हुने गर्छ ।

रणनीतिकरुपमा समेत फ्रान्सका लागि यो क्षेत्र निकै महत्वको छ । यस क्षेत्रमा कूल एक लाख ७५ हजार मतदात छन् । यो क्षेत्रमा बसोबास गर्दै आएका कनक मूलवासीहरुले फ्रान्सबाट अलग हुने माग राख्दै आएका थिए ।

विगतमा पृथकतावादीहरुले निकै ठूलो हिंसात्मक प्रदर्शन समेत गरेका थिए । सन् १९८८ मा भएको हिंस्रक प्रदर्शनपछि भएको शान्ति सम्झौतामा जनमत संग्रह गर्ने कुरामा सहमति भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: