उपराष्ट्रपतिद्वारा पद्यरत्नप्रति श्रद्धाञ्जली व्यक्त, ‘तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति’

काठमाडौं, कात्तिक १९ ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सोमबार दिउँसो निधन भएका पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आइतबार साँझ कपुरधारास्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमाथि श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरे । ‘मैले उनलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन ।

पूर्वमन्त्री एवम् वरिष्ठ मानवअधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्तिप्रक्रियाको पहलकर्ता आदरणीय पद्यरत्नको निधनले म स्तब्ध भएको छु’, उपराष्ट्रपतिले परिवारजनसँग भने, ‘साधारण जीवनशैली अपनाएका एक असाधारण व्यक्तित्व आदरणीय पद्यरत्नप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको बताए ।

‘पद्यरत्नको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ । नेपालको परिवर्तनकारी आन्दोलन, विशेष गरी पञ्चायत विरुद्धको संघर्ष, २०६२–०६३ को जनआन्दोलन र नेपालको शान्ति प्रक्रियाका लागि उनले पुर्याएका योगदान सगरमाथा जस्तो उच्च छ,’ उनले भने, ‘नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र भाषिक आन्दोलनमा पद्यरत्नले पुर्याएका योगदानको म उच्च सम्मान गर्दछु ।’

सम्बन्धित् समाचार  स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थामा सरकार प्रतिबद्ध हुनुपर्ने : गृहमन्त्री

उपराष्ट्रपतिले पद्यरत्न तुलाधरको भौतिक रुपमा निधन भएपनि सदा सदाका लागि बाँचिरहने बताए । ‘मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ उ अमर रहन्छ,’ उनले भने, ‘पद्यरत्न भौतिकरुपमा त हामीबाट बिदा भए तर राष्ट्रका लागि उच्च योगदान दिएर विदा भएकाले उनी सदा सदाका लागि बाँचिरहने छ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: