सोमबार अपरान्ह साढे २ बजे उपराष्ट्रपतिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु

काठमाडौं, कात्तिक १९ ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले तिहार, छठ एवम् नेपाल संवत् ११३९ को अवसरमा सोमबार अपरान्ह शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना हुने जलपान सोमबार अपरान्ह साढे २ बजेबाट सुरु हुने छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना लगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुखहरु, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सभा सदस्यहरु, कुटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग व्यवसायी, मानवअधिकारकर्मी, कालकार, पत्रकार लगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

उपराष्ट्रपतिले यस अघि कात्तिक १६ गते जलपान समारोहको आयोजना गरेका थिए ।

सोही दिन नेपाली कांग्रेसले पनि जलपान कार्यक्रम आयोजना गरेपछि उपराष्ट्रपतिको जलपान समारोह सोमबारका लागि सारिएको थियो ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  उपराष्ट्रपति पुनद्धारा स्तुपको अवलोकन
%d bloggers like this: