मेनुकालाई सफलता, ‘सारेगामापा’ को अर्को चरणमा प्रवेश ! (भिडियासहित)

भारतीय चर्चित सांगीतिक प्रतियोगिता ‘सारेगामापा’ मा नेपाली गायिका मेनुका पौडल अर्को चरणमा प्रवेश गर्न सफल भएकी छन् ।

टेलिभिजन जी टिभीबाट प्रशारण हुने ‘सारेगामापा’ मा अर्को चरणमा उनी प्रवेश गर्न सफल भएकी हुन् । मेनुका मेगा अडिसनबाट छनोट भएर आगामी राउण्डमा प्रवेश गरेकी छन् । आइतबार प्रसारण भएको सो कार्यक्रममा मेनुकाले ‘रंग दे वसन्ती’ मा लता मंगेसकरले गाएको ‘लुकाछुपी बहुत हुई’ बोलको गीत गाएकी थिइन् । उनलाई सो गीतले अघिल्लो राउण्डमा पुर्याएको छ ।

मेनुकाले लताको गीत गाउँदा जज र जुरी मेम्बर नतमस्तक बनेका थिए । उनको आवाजले त्यहाँ जादू गरिरहेको थियो । जुरी मेम्बरबाट ९५।३ नम्बर प्राप्त गरेपछि उनी आगमी राउण्डका लागि प्रवेश गरिन् । कार्यक्रम सञ्चालक नेपाली मुलका आदित्य नारायण झाले मञ्चमा मेनुकासँग नेपालीमा कुरा गरेका थिए । उनले भनेका थिए, तपाईँले गाएको गीतले सबैजनालाई आ आफ्नो ठाउँबाट उठाएको छ, तपाईँले राम्रो गाउनु भो ।’

त्यसपछि आदित्यले मेनुकालाई जुरी मेम्बरले दिएको अंक सुनाएका थिए । मेनुका ब्लाइण्ड भएकाले उनले जुरी मेम्बरले दिएको अंक आफै भने हेर्न सकिनन् । कार्यक्रमको दर्शक दिर्घामा रहेकी मेनुकाकी आमा भने छोरी अघिल्लो राउण्डमा प्रवेश गर्दा हर्षले विभोर देखिन्थिन् ।

सम्बन्धित् समाचार  रेल्वे स्टेशनमा भागदौड हुँदा २० जनाको मृत्यु, २३ बढी घाइते (भिडियोसहित)

मेनुका नेपालमा हाल जारी रहेको नेपाल आइडलमा टप टेन भित्र पर्न नसकेपछि सारेगामापाको अडिसनमा पुगेकी थिइन् । सारेगामापाले पहिलो पटक नेपालमा पनि अडिसन गरेर नेपाली प्रतिभालाई मौका दिएको हो ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: