शेयरबजारः नेप्से परिसूचक ०.४७ प्रतिशत बढ्यो

काठमाडौं, कात्तिक १९ ।

सोमवार नेप्से परिसूचक शून्य दशमलव ४७ प्रतिशत बढेको छ ।

२ घण्टाको व्यापारमा परिसूचक ५ दशमलव ७३ अङ्कले बढेर १ हजार २ सय १३ दशमलव शून्य १ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय १३ कम्पनीको १ हजार ३८ पटकको व्यापारमा रू. ६ करोड ७० हजार बराबरको शेयर कारोबार भएको हो ।

जलविद्युत र वित्त कम्पनी समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक उकालो लागेको हो ।

बैंकिङ समूहको परिसूचक शून्य दशमलव ७२ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६९, विकास बैङ्कको शून्य दशमलव ५३, लघुवित्तको शून्य दशमलव १७, ‘अन्य’ समूहको शून्य दशमलव १२ र निर्जीवन बीमाको शून्य दशमलव शून्य २ प्रतिशतले बढेको छ । होटल समूह भने स्थिर रहेको छ । जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य ६ प्रतिशतले घटेको छ । आर्थिकअभियानबाट

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  एनएमबि माइक्रोको नाफामा गिरावट, जगेडाकोषमा उच्च बढोत्तरी
%d bloggers like this: