नेकपा अध्यक्ष प्रचण्डको घोषणा– आगामी वर्ष वृद्धभत्ता पुग्ने गरी बढ्छ

विराटनगर, कार्तिक १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आउँदो आर्थिक वर्षको बजेटमा वृद्धभत्ता वृद्धि हुने बताएका छन् । विराटनगरमा आयोजित तिहार तथा छठ पर्वकाे शुभकामना कार्यक्रममा प्रचण्डले भने, ‘वृद्धभक्ताबारे सचिवालयमा नेताहरुसँग छलफल भइरहेकाे छ । विचैमा कतैबाट काटेर दिउकी भन्ने पनि भएको छ । यात काटेर दिइन्छ, नभए भने आउने बजेटमा पुग्ने गरी दिइन्छ हेर्नुहोला ?’

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार पूर्वाधार विकासमा केन्द्रित भएको बताए । उनले काठमाडौंका खाल्डाहरु पुर्ने काम छिट्टै सकिने विश्वास दिलाए । प्रचण्डले भने, ‘सरकारको गति बढ्दैछ। काठमाडौंका खाल्डा पुर्ने बित्तिकै सरकारको जयजयकार हुन्छ । खाल्डो पुरेपछि कांग्रेसले के भन्ने रहेछ, हेरौला ।’

साथै, अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धीहरु कर्मचारीका कारणले गुम्ने खतरा रहेको समेत उनले उल्लेख गरे। उनले भने, ‘प्रदेशमा कर्मचारी जान मान्दैनन्। केन्द्रमा बस्न खोज्छन्। कर्मचारीतन्त्रले परिर्वतन बुझ्न पर्नेछ। कर्मचारीलाई सिकाउन जरुरी छ ।

शान्ति प्रक्रिया पश्चात् दुई पार्टी एकीकरण अनेक प्रस‌ंग समेत कोट्याएका प्रचण्डले भने, ‘चुनावमा कति परिणाम आउने माओवादीलाई पूर्व आँकलन थिएन। ५०र५० प्रतिशत गरी एकता गरौं भनेको माधवजीले मान्नु भएन।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: