भुटानमा २ जना नेपाली भाषी मन्त्री

काठमाडौं, कार्तिक १९ । भुटानमा मन्त्रिपरिषद् गरिएको छ । प्रधानमन्त्री डा. लोटे छिरिङले चुनावपछि १० सदस्यीय टोलीको मन्त्रिपरिषद् विस्तार गरेका हुन् । भुटान पूर्व, पश्चिम, दक्षिण भागबाट तीन–तीन जना मन्त्री बनेका छन् भने एकजना केन्द्रबाट मन्त्री बनेका छन् । दशजना मन्त्रीमा दुईजना नेपाली भाषी पनि समावेश भएका छन् । नेपालीभाषी मन्त्री बनेपछि भुटानमा रहेका नेपालीलाई केही सहजता आउने अपेक्षा गरिएको छ ।

 

नेपालीका भाषी ४७ वर्षीय लोकनाथ शर्मा अर्थमन्त्री बनेका छन् । डुफुचेन–तेडिङ निर्वाचन क्षेत्रबाट उनी विजयी भएका हुन् । यस्तै, ४५ वर्षका जयवीर राई शिक्षा मन्त्री भएका छन् । उनी पनि नेपाली भाषी हुन् ।

 

उनी फुनसोलिङ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् । उनी सन् २०१३ मा राजनीतिमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रीहरुले आउँदो नोबेम्बर ७ मा त्यहाँको राजासँग सपथ लिने तयारी छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  राष्ट्रपतिविरुद्ध नेवि संघको प्रदर्शन
%d bloggers like this: