लिटिल फ्लावर प्रिमियर लिगको खेल तालिका सार्वजनिक

धनगढी, कार्तिक १९ । आगामी कार्तिक २७ गतेदेखि मंसीर ४ गतेसम्म आयोजना हुने तेस्रो निष्ट कलेज लिटिल फ्लावर टि–२० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आज सार्वजनिक गरिएको खेल तालिका अनुसार सहभागी टोलीलाई विभिन्न ४ समुहमा राखेर प्रतिस्पर्धा गराईनेछ भने प्रत्येक समुहको विजेता टोली सेमीफाइनल खेल्नेछन । सेमिफाइनल खेल मंसीर ३ गते हुनेछ भने फाइनल खेल मंसीर ४ गते हुनेछ ।

समूह ‘ए’ मा धनगढीको सिद्धार्थ स्कुल, निष्ट भक्तपुर र सरस्वती मावि गेटा रहेका छन । समूह ‘बी’ मा लिटिल बुद्ध महेन्द्रनगर, मोदाक्षा काठमाडौं र एबीसी नेपालगञ्जज रहेका छन् । लिटिल फ्लावर स्कुल, क्यास्पीयन एकेडेमी र शारदा मावि समुह सी मा रहँदा हिमालया ह्वाईट हाउस विज्डम एकेडेमी र कैलाली मोडेल समूह ‘डी’ मा रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सिद्धार्थ सिसु सदन र निष्ट भक्तपुर प्रतिस्पर्धा गर्नेछन् ।

देशका विभिन्न १२ टिमको सहभागितामा रहने प्रतियोगिता संस्कार क्रिकेट एकेडेमीको आयोजना, लिटिल फ्लावर बोर्डिङ स्कुलको व्यवस्थापन र निष्ट काठमाण्डौंको मुख्य प्रायोजनमा हुन लागेको हो ।

सम्बन्धित् समाचार  मलेसियाको ९ औं विकेट पतन, बसन्तले लिए ३ विकेट

धनगढी स्थित अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा हुने प्रतियोगिताक विजेताले एक लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद १० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान र इमर्जिङ प्लेयरलाई नगद ५÷५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । टि– २० फ्म्याटमा हुने प्रतियोगितामा १९ वर्ष मुनिका खेलाडीहरुको सहभागीता रहनेछ भने प्रत्येक टिमले विद्यालय वाहिरबाट ५÷५ जना खेलाडीलाई समेत टिममा सहभागी गराउन पाउने छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: