हतियारधारी समूहद्वारा बोर्डिङ स्कूलबाट ८० भन्दा बढी विद्यार्थीको अपहरण

काठमाडौं, हतियारधारी समूहले एउटा बोर्डिङ स्कूलबाट ८० जना बालबालिकाको अपहरण गरेको छ ।

सिएनएनका अनुसार, नाइजेरियाको क्यामेरुन प्रान्तको एउटा बोर्डिङ स्कूलमा हतियारधारी समूहले विद्यार्थीलाई अपहरण गरेको छ ।

क्यामेरुन उत्तरपश्चिम प्रान्तको सरकारका प्रवक्त लुईस मेरी बेग्नेका अनुसार, हतियारधारी समूहले गार्डलाई नियन्त्रणमा लिएर अपहरण गरेका थिए ।
अपहरणकारीले स्कूलको बसमा राखेर बालबालिका लगेको र बसमा खराबी आएपछि पैदल नै उनीहरुलाई अज्ञातस्थलतर्फ लगेको समाचारमा उल्लेख छ ।
बालबालिकाको अपहरण भएपछि सोमबार क्यामरुनको सेना, प्रहरीलगायतको विशेष बैठक बसेर खोजतलास तीब्र पारिएको छ ।

अपहरण कसले के प्रयोजनका लागि गरेको भन्ने कुरा खुलेको छैन। अधिकारीहरुका अनुसार, बच्चाहरुलाई ससाना समूहमा विभाजन गरेर लुकाइएको हुन सक्छ ।

उक्त क्षेत्रमा पृथकतावादी समूहले यसअघि पनि हेडमाष्टरसहित ७ जना विद्यार्थीको अपहरण गरेका थिए ।

एंग्लोफोन पृथकतावादी समूहले क्यामरुनबाट स्वतन्त्रताका लागि हिंसात्मक गतिविधि गर्दै आएका छन् ।

यो वर्ष मात्रै हिंसात्मक घटनामा ४ सय मानिस मारिएको एम्नेष्टीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  रसियाली राष्ट्रपति पुटिनद्वारा अमेरिकी गुप्तचर निकायसँगको सहकार्यमा जोड
%d bloggers like this: