पिपिएल फाइनल हेर्न प्रचण्ड पोखरा जाँदै, ११ बजेदेखि चितवन राइनोज र पोखरा पल्टनबीच प्रतिष्पर्धा

नमस्ते पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको उपाधिका लागि आज चितवन राईनोज र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रङ्गशालामा विहान ११ बजे सुरु हुने खेलमा पारस खड्का नेतृत्वको चितवन र शरद भेषावकर नेतृत्वको पोखराबीच प्रतिस्पर्धा हुन लागेको हो ।

लिग चरणका सुरुवाती दुवै खेल गुमाएपनि त्यसपछिका खेलमा लगातार जित सहित उपाधि नजिक पुगेको चितवनले एलिमिनेटरमा काठमाडौं रोयल्सलाई पाखा लगाएको थियो ।

लिग चरणमा शीर्ष स्थानमा रहँदै पोखरा पल्टनले सिधै फाइनलमा स्थान बनाएको हो । फ्रेन्चाईज क्रिकेटको चार वर्षे यात्रामा शरद नेतृत्वको टोली सबै ५ प्रतियोगिताको फाईनलमा पुगेको छ ।

त्यसमध्ये दुईमा उपाधि जितेको छ ।

हारेको दुई प्रतियोगिता पारस नेतृत्वको टोली सँगै छ ।

प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष ३ मध्ये दुई बलर चितवनका छन् । करण केसीले ११ र सन्नी पटेलले ९ विकेट लिएका छन् । पीपीएलको बिजेता ले २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको तीन विधागत उत्कृष्ट खेलाडीले सुजुकी जिक्सर मोटरसाइकल प्राप्त गर्ने छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: