‘लिलामे माइलो’ नाटक प्रदर्शनको तयारीमा

मौलिक र सामाजिक परिवेशमा आधारित नेपाली लोक नाटक ‘लिलामे माइलो’ प्रदर्शनको तयारी भइरहेको छ ।

कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोक नाटक ‘लिलामे माईलो’को अहिले रिर्हसलको काम तीव्रगतिमा भइरहेको कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए ।

नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङ जिल्लाको लेटाङस्थित राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट समेत गरेको थियो ।

नाटकमा कथा-निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरणः राज थापा काउचा, कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थि, विजय नेपाल, वीरेन्द्र खाति, अलविना न्यौपाने, विपना थापा लगाएतका कलाकारहरुको भुमिका रहेको छ भने फोटोग्राफि डकुमेन्टेसन युसव गौतम गौतमले गरेका छन् । अागामी मंसिर १४ देखि पुस ७ गतेसम्म कुञ्ज नाटक घरमा मञ्चन हुने नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरी तयारी गरिएको निर्माता गौतमले जानकारी दिए । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमारमा समेत प्रर्दशनको तयारी गरिएको उनले बताए ।

नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्धन गर्नुको साथै पर्यटकीय क्षेत्र मोरङको राजारानी ताललाई पनि प्रवर्द्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताए ।

सम्बन्धित् समाचार  सन्नीले सामाजिक सञ्जालमा अपलोड गरिन् श्रीमानसँग किस गरेको हट फोटो

लिलामे माइलो फेमेलटी ड्रामा र सामाजिक विषयवस्तुलाई नाटकमा उतारेको बताउँदै कथा–निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहनसहन, सँस्कृति, पर्व, ती गाउँले जीवनयापन गर्नेहरुको जीवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गर्न लागेको बताए । चरित्र निर्माण नाटकका लागि महत्वपुर्ण हुने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थ परक बनाउन नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफुले निभाउनुपर्ने चरित्र माथिको भुमिका निभाउन सहज होस् र चरित्र बिश्वसनीय होस भन्ने हेतुले स्थलगत अवलोकन विधिद्धारा चरित्र निर्माण गर्नका लागि लेटाङ लगेको बए । नाटकका दर्शकहरुलाई यथार्थता महशुस गराउन विविध खालका विधिहरुको प्रयोग गरिने जानकारी दिए ।

नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल निशुल्क फोटो प्रदशनी समेत राखिने छ भने काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकाले निर्माण गरेको कला सामग्रीलाई पनि प्रर्दशनीमा बिक्रीका लागि राखिने छ । नाटक मंसिर १४ गते देखि पुस ७ गते सम्म मञ्चन हुने भएपनि मंसिर १२ गते काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई र मंसिर १३ गते वृद्धाश्रमका बा, आमालाई निशुल्क देखाईने छ ।

नाटकमा नेपाली नाट्य क्षेत्रमा हुन गैरहेका फरक प्रयोगले पुराना तथा नयाँ युवा पुस्तका दर्शका र निर्माताहरुलाई आर्कषण गर्न सफल हुने विश्वास गरिएको छ । यो किसिमको मौलिक कथा वस्तुको खोजी र अनुसन्धानमुलक कथा निर्माणको तयारीले नाटकले दर्शक मन जित्न सफल हुनेमा नाटक टोली विश्वस्त छ ।

सम्बन्धित् समाचार  ओली र मोदीको सम्बन्ध कहिल्यै खराब भएन : कोशियारी

‘लिलामे माईलो’ नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने छ । नाटक माईला भएर जन्मनुभएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका वृद्धवृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए ।

नेपालमा पहिलो पटक नाटकको प्रोमो भिडियो सार्वजनिक

‘लिलामे माइलो’ नाटकको प्रोमोसन भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा मगर समुदायमा गाईने प्रख्यात हुर्रा गित र लाफा नाच देखाइएको छ । नाटकको चरित्र निर्माणको लागि मोरङ जिल्लाको लेटाङ, राजारानी आसपासको क्षेत्रमा कलाकार टोली जाँदाको समयमा गरिएका विभिध कृयाकलापहरुलाई समेटिएको छ । भिडियो हेर्दा पनि नाटक टोलिले ठुलै मिहेनत गरेको देखिन्छ ।

लिलामे माईलोको ट्रोल बनाउनुस् पुरस्कार जित्नुस

लोक नाटक ‘लिलामे माईलो’को ट्रोल बनाउनेले नगद रु ५०००– पुरस्कार पाउनुको साथै दार्जलिङ भ्रमण २ जनालाई निशुल्क व्यवस्था गरिएको घोषणा गरेको छ ।

पुरस्कार घोषणा सँगै लिलामे माईलो को ट्रोल तथा युटुव भिडियो भाईरल हुँदै गैरहेको छ । सामाजिक संजालमा ह्यास ट्याग ‘लिलामे माइलो’ को रुपमा आईरहेको छ भने फेसबुक, युटुव, ईन्सटाग्राम, टिविटर लगायतका सामाजिक संजालमा लिलामे माइलोको ट्रोल भिडियो आईरहेको छ ।

सम्बन्धित् समाचार  ‘मिस कोच इन्टरनेशनल २०१८’ को उपाधि हालोलिनलाई

नेपाली लोक नाटक ‘लिलामे माईलो’ को उत्कृष्ट प्रोमोशन भिडियो, ट्रोल भिडियो, पोष्टर बनाउनेलाई नगद रु ५००० र थप पुरस्कार प्रदान गरिने छ ।

साथमा लुक्स नेपाल ईभन्ट एन्ड मिडिया प्रालिको लर्फबाट दार्जलिङ टुर प्याकेज निशुल्क २ जनालाई समेत व्यवस्था गरिएको छ । प्रोमोशन भिडियो गीत, कविता, डायलग, ……जसी बनाउंदा हुने निर्माता राजाराम गौतमले जानकारी दिए । उत्कृष्टमा पर्नका लागि भिडियो आकर्षण, भ्युज लाई आधार बनाईने छ ।

भिडियो तपाईंको आफ्नो फेसबुक पेजमा, लोक नाटक ‘लिलामे माइलो’ को फेसबुक र पेज मा सेयर भएको हुनु छ । जसले सबैभन्दा बढी ‘लिलामे माइलो’को शेयर गर्न पाईन्छ । उत्कृष्ट १० मा छनोट हुनको लागि आफुले सेयर गरेको फोटो भिडियोको स्न्याप गरेर ‘लिलामे माईलो’को फेसबुक वा मेसेन्जरमा पठाउनुपर्ने छ । ‘लिलामे माइलो’को सोसल साईड म्यानेजर टिमले अवलोकन गरिरहेका हुनेछन् ।

यस्तो छ लोक नाटक ‘लिलामे माइलो’को भाईरल भएको गित-

चटके माइलो हो नाटके माइलो
लिलामे माइलो देशै रमाइलो
मन भित्रै छ उसको हो सुन चांदिको थैलो
लिलामे माइलो देशै रमाइलो

कमेन्ट गर्नुहोस्

%d bloggers like this: