बखत विष्ट र प्रतिभा विष्ट पहिलो गीत ‘बनाउ नेपाल’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

नेपालको भाइरल जोडीको गीत बजारमा आएको छ ।

भाइरल जोडी बखत विष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनीहरुले लेखेको गीतलाई गायक कर्णराज गिरीले निकै मन छुने आवाज रहेको छ । गीतमा गायकसँगै भाईरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ ।

गायक कर्णराज गिरीले राष्ट्रभावले लिप्त रहेको गीत ‘बनाउ नेपाल’ मा आफ्नै स्वर दिन पाउँदा धेरै खुसी लागेको बताए । उनले गीतमा जस्तै विदेशमा रहेका सारा नेपालीलाई नेपाल फर्कन आह्वान पनि गरेका छन् ।

त्यस्तै, गीतका लेखक बखत विष्टले गीतले विदेशमा रहेको नेपाली जनशक्तिलाई स्वदेश फर्कन आह्वान गरेको बताए । नेपाली युवा विदेश गएर नभई स्वदेशमै संघर्ष गरेमात्रै मुलुक समृद्धिको बाटोमा लम्कने उनको बुझाई छ ।

आगामी दिनमा पनि यस्तै गीतमा कलम चलाउने उनको भनाइ छ।

पश्चिम नेपालका बखत र प्रतिभाले आपसमा विवाह गरेपछि यो जोडी अहिले संसारभर भाइरल भइरहेको छ । देश विदेशमा बस्ने धेरैले यो जाडीको प्रसंसा गरीरहेका छन् । उनीहरु अहिले काठमाडौंमा बसेर संघर्ष गरिरहेका छन् ।

सम्बन्धित् समाचार  राजेन्द्र कडेँल र अनुराना मगरको ‘तीज आएको बेला’ (भिडियोसहित)

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: